शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गर्ने व्यक्ति पक्राउ



काठमाडौं । शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रमाणपत्र कीर्ते गर्ने माधवप्रसाद तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको हो ।

ललितपुर ईकुडोल घर भई हाल ललितपुर महानगरपालिका–१३ कुसुन्ती बस्ने ५३ वर्षीय माधवप्रसाद तिमिल्सिनालाई थसीखेलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

महतोका अनुसार, ‘नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय सहकारी विकास वोर्डको सञ्चालक पदमा नियुक्तिको लागि आवश्यक पर्ने प्रमाणपत्रमा कीर्ते गरेको आरोपमा तिमिल्सिनालाई पक्राउ गरिएको हो ।’

पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेको चारित्रिक प्रमाणपत्र र त्रिभुवन विश्वविद्यालयको दर्ता नम्बर कीर्ते गरी चैत ६ गते निवेदनका साथ राष्ट्रिय सहकारी बोर्डमा पेश गरेको आरोपमा मिमिल्सिनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए ।

प्रतिक्रिया दिनुहोस्