प्रतिनिधि र प्रदेश सभाको निर्वाचन मंसिर २१ मा हुने मन्त्री मेटमणि चौधरीको ठोकुवा

मुलुकलाई सही बाटोमा लैजाने नेतृत्वको कमी



काठमाडौं । सरकारले आगामी मंसिर २१ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन गर्ने सहरी विकासमन्त्री मेटमणि चौधरीले ठोकुवा गरेका छन् । आज (मंगलबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो ठोकुवा गरेका हुन् ।

सरकारले निर्वाचन गर्ने मिति नतोकेको भएपनि मन्त्री चौधरीले मंसिर २१ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुने ठोकुवा गरेका छन् । दुई, तीन महिनामा निर्वाचन घोषणा गर्ने तयारी रहेको समेत बताए ।

मन्त्री चौधरीले आफू मन्त्री पदमा रहेसम्म इमान्दारीताका साथ कार्यसम्पादन गर्ने बताएका छन् । उनले मुलुकलाई सही बाटोमा लैजाने राम्रो भिजन भएको नेतृत्वको कमी रहेको पनि बताए ।

राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुमात्रै इमान्दार भएर मुलुक नबन्ने भन्दै आम नेपाली नागरिकलाई समेत इमान्दार हुनुपर्ने मन्त्री चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्