स्वास्थ्य मन्त्रालयको १२ औं तह बढुवा, सिफारिसमा को-को परे ?

0
Shares

काठमाडौँ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको एक पद प्रमुख विशेषज्ञ १२ औँ तहको एक सदस्यका लागि मंगलबार मन्त्रालयमा बसेको बढुवा समितिले दुई जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

उक्त समितिको बैठकले पहिलो नम्बरमा डा टंकप्रसाद बराकोटी र दोस्रो नम्बरमा डा संगिता कौशल मिश्राको नाम सिफारिस गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पहिलो नम्मरमा सिफारिसमा पर्नुहुने डा बराकोटी मेची अस्पतालमा कार्यरत हुनुहुन्छ । त्यसैगरी डा मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रायको समन्वय महाशाखामा कार्यरत हुनुहुन्छ ।

बैठकबाट सिफारिस भएका दुई मध्ये एक चिकित्सकलाई मन्त्रिपरिषद बैठकले १२ औँ तहमा बढुवा गर्ने प्रकृया रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

२०७८ चैत्र ६ गते देखि १२ औं तहका लागि निवेदन माग भएपनि मंगलबार मात्र सिफारिस गरिएको हो ।