बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ



काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

रामेछापको सुनपाती गाउँपालिका–४ घर भई हाल काठमाडौं गोकर्नेश्वर नगरपालिका-६ जोरपाटी बस्ने ४३ वर्षीय विनोद घिसिङलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

महतोका अनुसार घिसिङेले रकम नै नभएको चेक काटिदिएर एक करोड दुई लाख ५० हजार रुपियाँ ठगी गरेको आरोप छ ।

घिसिङले रकम नभएको बैंक खाताको चेक काटेर दिएका थिए । साे चेक बुझ्नेले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले आज (मंगलबार) काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ जोरपाटीबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्