एमाले कैलाली जिल्ला अध्यक्ष पार्टीबाट निस्कासन



कैलाली । नेकपा (एमाले)ले कैलालीका अध्यक्ष रतन थापालाई पार्टीबाट निस्कासन गरेको छ । अध्यक्ष थापाले अनुशासनबेगर कार्य गरेको भन्दै पार्टीबाट निस्कासन गरेको हो ।

सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले अध्यक्ष थापालाई अनुशासनबेगर कार्य गरेको भन्दै पार्टीबाटै निस्कासन गरेको छ । बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन अन्तर्घात गरेको भन्दै पार्टीबाट निस्कासन गरेको एमाले कैलालीले जनाएको छ ।

कैलाली एमालेका अनुसार, ‘पार्टीका जिल्लादेखि स्थानीय स्तरसम्मका नेता–कार्यकर्ताको रिर्पोटिङका आधारमा थापाले स्थानीय तहमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउँन भूँमिका खेलेका र अनुशासनबेगर कार्यसम्पादन गरेको प्रमाणका आधारमा कारबाही गरिएको हो ।’

अध्यक्ष रतन थापाले पार्टीको विधानको धारा ८० को १, २, ३, ४, ५, ६, १२ र १३ बमोजिमको गम्भिर प्रकृतिको अनुशासनको उल्लंघन गरेको ठहर गरेको एमालेले बताएको छ ।

प्रदेश कमिटीमा गरेको अनुशासन कारबाहीको सिफारिस तथा प्रदेश कमिटीलाई गरिएको सिफारिस साथ प्राप्त भएका तथ्य, प्रमाण तथा दस्तावेजहरूको अध्ययनपछि सो निर्णय गरेको कैलाली जिल्ला इन्चार्ज नारदमुनि रानाले बताए ।

प्रतिक्रिया दिनुहोस्