धुलिखेलमा ५० कटेका नागरिकहरुको असामान्य मुटुको गति परीक्षण



काभ्रे ।

धुलिखेल अस्पताल, काठमाडौँ विश्वविद्यालय फार्मेसी विभाग र धुलिखेल नगरपालिकाको संयुक्त आयोजनामा धुलिखेल नगरपालिकाको वडा नम्वर ४, ५ ६ र ७ मा ५० वर्ष उमेर कटेका नागरिकहरुलाई निशुल्क असामान्य मुटुको गति परीक्षण गरिएको छ ।

उमेर अनुसार मुटुको धड्कनमा आउन सक्ने परिवर्तनलाई समयमै परीक्षण गरिएको अवस्थामा त्यसबाट उत्पन्न हुने सक्ने पक्षघात रोक्न सकिन्छ । ‘मुटु जोगाउन अपनाउनु पर्ने उपायहरुका बारेमा जानकारी हुँदा हुँदै पनि ब्यक्ति तयार छैन’–बरिष्ठ मुटु रोग विशेषज्ञ प्रा. डा. राजेन्द्र कोँजुले भन्नुभयो–‘अस्पताल वरपरका वडाहरुमा ५० वर्ष भन्दा माथि उमेर समुहका ब्यक्तिहरुको मुटुको गति परिक्षण गरिएको छ । जसबाट रोगको स्क्रिनिङ भएको छ ।’

वडा नम्वर ४ मा सोमबार १ सय १० जनाको परीक्षण गरिएको बखुण्डोल आधारभुत स्वास्थ्य केन्द्र वडा नम्वर ४ का प्रमुख हेमा संग्रौलाले बताउनु भयो । चारवटा वडामा १ हजार ५ सयको मुटु परीक्षण गरिएको छ ।समुदायमा आधारित उक्त परीक्षणबाट नागरिकरु लाभान्वित भएको संग्रौलाले बताउनु भयो ।

असामान्य मुटुको गति परिक्षण गर्न धुलिखेल अस्पतालबाट डा. राजेन्द्र कोजँु र डा. राम गाुरुङ, काठमाडौ विश्वविद्यालयबाट रजनी शाक्यको नेतृत्वमा रोजिना कोँजु श्रेष्ठ र दुर्गा विष्टको टिम सक्रिय छ ।

परीक्षणका क्रममा ७ जना विरामीमा पुरानै रोग भएका र ४ जना विरामी नयाँ पत्ता लागेको छ । लक्षण देखिने र नदेखिनी दुबै प्रकारका ब्यक्तिहरुमा असामान्य मुटुको गति देखिनेछ । दुबै लक्षण भएका ब्यक्तिहरुलाई पक्षघात हुन्छ । पक्षघात तथा अन्य रोगबाट समेत बचाउन समयमै मुटुको धडकन पत्ता लगाई उपचार गरेको अवस्थामा पक्षघातबाट बचाउन सकिन्छ । त्यही अभियान स्वरुप धुलिखेलका ४ वटा वडाहरुमा स्क्रिनिङ्ग गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्