जसपामा चर्कियो आन्तरिक विवाद



काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद झनै चर्किएको छ। संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीचको विवादले पार्टीमा भाँडभैलो मच्चिएको छ।

यसैबीच गएराति अध्यक्ष यादवले आफू पक्षीय कार्यकारिणी सदस्यको भेला डाकेर सरकारमा रहेका मन्त्री नै फेर्ने निर्णय गरेका छन्। जसपाबाट सरकारमा चारमन्त्री सहभागी छन्।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री छन्।

पार्टीको कार्यकारिणी सदस्यहरूको बैठक अध्यक्ष (यादव)को अध्यक्षतामा बस्यो, उपेन्द्र पक्षीय एक नेताले भने, बैठकले सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने र नयाँ पठाउने निर्णय गरेको छ। नयाँ मन्त्री छान्ने जिम्मा पनि अध्यक्षलाई नै प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्