काठमाडौँको कोटेश्वरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु



काठमाडौँ।

काठमाडौँको कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। सोमबार साँझ कोटेश्वरमा बा २ ख १२३१ नम्बरको हायस गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा ५२ वर्षीय देवकुमार सेन छन्। उनको बिएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा हायसका सहचालक पनि घाइते भएका छन्।

चालक भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्