कसैले राजीनामा माग्दैमा दिइँदैन : अर्थमन्त्री शर्मा



काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले आफूले राजीनामा नदिने बताएका छन् । सोमबार राष्ट्रियसभाको बैठकमा बजेटबारे सांसदहरुले उठाएको प्रश्नमा कसैले राजीनामा माग्दैमा आफूले राजीनामा नदिने बताएका हुन् ।

‘बजेट केही मान्छेलाई अनैतिक लागेर मेरो राजीनामा माग गर्दैमा मैले राजनीनामा दिनु नपर्ने बताएका छन् । मेरो निर्णयमा म जवाफदेही छु ।

करको दर घटाउने र बढाउने विषयमा विरोध गर्नुको कुनै औचित्य नभएको उनले बताए। करको दायरा घटाउने र बढाउने विषय अर्थ मन्त्रालयको क्षेत्राधिकार पर्ने र उक्त काम नियमित भइरहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्