अज्ञात समूहद्वारा कम्प्युटर अपरेटर भण्डारीमाथि आक्रमण



काठमाडौं ।

डडेलधुरा जिल्ला आलिताल गाउँपालिका कर्मचारी माथी संघातिक आक्रमण भएको छ । महेन्द्रनगर घर भएका आलिताल गाउँ पालिकामा कम्पुटर अपरेटर रुपमा कार्यरत कर्मचारी लोकेन्द्र सिंह भण्डारीमाथि आज  कैलालीको बुढीतोलाको सेल्फी डाँडामा अज्ञात समुहले आक्रमण गरेको प्रहरीले जनाएको छ । भण्डारीलाई कुटपिट गरेर उनको गाडी अपरिचित व्यक्तिले लुटेका हुन् ।

पिडितका अनुसार महेन्द्रनगरबाट लिफ्ट दिएर ल्याएको व्यक्तिले रोकेर फोटो खिच्न आग्रह गरेपछि उनले गाडी रोके । त्यसपछि आफूलाई हातमुख बाँधेर ढुंगाले हानेको र गाडी लगेको उनले प्रहरीलाई जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्