बेलले एमएलएसमा खेल्ने



एजेन्सी । 

वेल्सका कप्तान ग्यारेथ बेल अमेरिकी मेजर लिग (एमएलएस) क्लब लस एन्जलस (एलए) मा अनुबन्धित हुने पक्का भएको छ । २९ वर्षीय बेल फ्रि एजेन्टमा एमएलएस क्लब लस एन्जेल्स एलएबाट खेल्ने पक्का भएका हुन् ।

स्पेनिस क्लब रियल मेड्रिडमा ९ सिजन बिताएका उनले गत महिना नै क्लब छाड्ने घोषणा गरेका थिए । रियलका उत्कृष्ट खेलाडीमध्ये एक रहेका उनी पछिल्लो समय भने पहिलो रोजाइमा पर्नमा संघर्षरत थिए ।पाँच पटकको च्याम्पियन्स लिग विजेता बेल आफ्नो पूर्व क्लब टोटेनह्याम हटस्पर वा घरेलु क्लब कार्डिफमा अनुबन्ध हुने हल्ला चलेको थियो । एलएले अझै पनि बेल क्लबमा आउने बारेमा पुष्टि गरेको छैन । तर, बेलले भने शनिबार ट्विट गर्दै लस एन्जेल्समा चाँडै भेटौं भनेर लेखेका छन् ।

वेल्स २०२२ को विश्वकपमा छनोट हुन नसकेको अवस्थामा खेल जीवनबाटै सन्न्यास लिने अनुमान गरिएको थियो । तर, रोबर्ट पेजको टोलीले यस महिनाको शुरूमा विश्वकप प्ले अफको फाइनलमा युक्रेनलाई हराएर कतार विश्वकपमा स्थान पक्का गरेपछि बेलको भविष्य कुन क्लबमा जानेछन् भन्ने मात्र थियो । बेलका एजेन्टले यस हप्ताको शुरूमा बेल च्याम्पियनसिप क्लब कार्डिफसँग छलफल भइरहेको बताएका थिए । तर, उनी एमएलएसतर्फ जाँदैछन् । एमएलएस फेब्रुअरीदेखि अक्टोबरसम्म चल्छ । एमएलएसको खेलाडी सरुवा बजार ७ जुलाइमा खुल्छ ।

लस एन्जेल्स अमेरिकाका पूर्व अन्तर्राष्ट्रिय स्टिभ चेरुन्डोलोद्धारा व्यवस्थित गरिएको क्लब हो । एलएले लगातार १९ सिजन एमएलएस खेलेका छन् । सन् २०१३ मा क्लबको कीर्तिमानी मूल्य ८५ मिलियन पाउन्डमा रियल मेड्रिडले बेललाई भित्र्याएका थिए । एमएलएसको सिजनको अन्त्यपछि प्ले अफ हुनेछन् । एमएलएल कप फाइनल ५ नोभेम्बरमा हुनेछ । त्यसको १६ दिनपछि विश्वकप शुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्