विश्वराज सम्मानित



काठमाडौं । 

कोटेश्वर तेक्वान्दो डोजाङले तेक्वान्दो खेलाडी विश्वराज श्रेष्ठलाई सम्मान गरेको छ । विश्वराज कोटेश्वर तेक्वान्दो डोजाङकै खेलाडी हुन् । अस्ट्रेलियामा भएको दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा २ स्वर्ण र १ कांस्य जित्दै डोजाङका साथै देशको प्रतिष्ठा अभिवृद्धि गरेकोमा सम्मान गरिएको डोजाङले जनायो ।

विश्वराजले ब्रिसवेन खुला तेक्वान्दोमा २ स्वर्ण जितेका थिए । उनले क्योरोगीको ६८ केजीमुनि र स्पेसल फाइटमा १–१ स्वर्ण जितेका थिए । त्यस्तै सिड्नी तेक्वान्दो च्याम्पियनसिपमा उनले कांस्यपदक जितेका थिए । दुवै प्रतियोगिता सन् २०१९ मा भएको थियो ।अध्ययनका सिलसिलामा विश्वराज सन् २०१८ मा अस्ट्रेलिया गएका थिए । त्यही दौडान उनले उक्त प्रतियोगितामा सहभागिता जनाएका हुन् । नेपाल आएका बेला कोटेश्वर तेक्वान्दो डोजाङले विश्वराजलाई सम्मान गरेको हो ।

तेक्वान्दोका मुख्य प्रशिक्षकसमेत रहेका कोटेश्वर तेक्वान्दो डोजाङका प्रमुख नवीनकुमार श्रेष्ठले विश्वराजलाई दोसल्ला ओढ्याउनुका साथै प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सम्मानपछि उनले बताए — ७ वर्षदेखि तेक्वान्दो खेल्न शुरू गरे । तेक्वान्दोप्रतिको लगाव र मायाले गर्दा चटक्कै छाड्न पनि गाह्रो छ । त्यसैले अध्ययनका लागि अस्ट्रेलिया गए पनि मौका पाउन साथ प्रतियोगितामा सहभागी हुन्छु । मेरो सफलताको कदर गर्दै सम्मान गर्नु भएकोमा कोटेश्वर तेक्वान्दो डोजाङलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्