अपन राधेमाई फाइनलमा



अपन राधेमाई युथ क्लब यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा आइतबार फाइनलमा प्रवेश गरेको छ । मूलपानी क्रिकेट मैदानमा राधेमाईले घोडाघोडी क्रिकेट एकेडेमी, कैलालीलाई ९० रनको फराकिलो अन्तरले पराजित ग-यो ।

शुरूमा ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा १२९ रन खडा ग¥यो । राधेमाईका सागिर मियाले ३०, सजित अख्तर हवारीले २८ र सफ्वान अलीले १९ रन बनाए ।जवाफमा घोडाघोडी १२.४ ओभरमा पूरै विकेट गुमाउँदै मात्र ३९ रनमा खुम्चियो । बलिङतर्फ राधेमाईका ‘म्यान अफ द म्याच’ अनिश साह कानुले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर ४ विकेट लिए । राधेमाईकै वसिम अली मन्सुरी र रोहन यादवले २–२ ब्याट्सम्यानलाई पभेलियन फर्काए ।

उपाधिका लागि राधेमाईले ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए), ललितपुर र आयोजक नेक्सस क्रिकेट एकेडेमीबीचको विजेतासँग खेल्ने छ । जीएचसीए र नेक्ससबीचको सेमिफाइनल आइतबारै हुनु पर्नेमा वर्षाका कारण मैदान भिजेपछि सम्भव भएन । वागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जारी प्रतियोगिताको अर्को सेमिफाइनल सोमबार हुने छ ।

प्रतिक्रिया दिनुहोस्