उत्कृष्ट बने शिवराज र जयरानी



काठमाडौं । 

४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताअन्तर्गत पुरुषमा एपीएफका शिवराज पार्की तथा महिलामा त्रिभुवन आर्मीकी जयरानी थारू उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

शिवराजले ३ स्वर्ण र १ रजत जिते भने जयरानीले दुई कीर्तिमानीसहित ४ स्वर्ण हात पार्न सफल भइन् । जयरानीको नाममा थप १ रजत पनि रह्यो । जयरानीले १ सय र ४ सय मिटर हर्डल्समा कीर्तिमान रचेकी हुन् । थप एक कीर्तिमान आर्मीका जीवन थारूले पुरुष १ सय १० मिटर हर्डल्समा बनाएका हुन् । जीवनले १ कीर्तिमानीसहित २ स्वर्ण र २ रजत हात पारे ।

प्रत्येक राष्ट्रिय कीर्तिमानका लागि ५ हजार नगद पुरस्कार प्रदान गरियो । यस्तै, प्रतियोगितामा त्रिभुवन आर्मी टिम च्याम्पियन बनेको छ । आर्मीले १८ स्वर्ण, १२ रजत र ५ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो । नेपाल एथलेटिक्स संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा एपीएफ क्लब ९ स्वर्ण, ६ रजत ८ कांस्यसाथ दोस्रो भयो ।

तेस्रो स्थानको वागमती प्रदेशले ३ स्वर्ण, २ रजत र ६ कांस्य हात पा¥यो । ३२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी २ स्वर्ण नेपाल प्रहरी क्लबले जित्यो । प्रहरीले ३ रजत र ४ कांस्य पनि हासिल ग¥यो । सात प्रदेश र तीन विभागीय गरी १० टिम सहभागी प्रतियोगितामा ६ टिम स्वर्णविहीन रहे ।

प्रतिक्रिया दिनुहोस्