एकीकृत समाजवादीका मन्त्री फेरबदल, नयाँ को-को बन्दैछन् ?



काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का मन्त्रीले राजीनामा दिएसँगै नयाँ मन्त्री को-को बन्लान् भन्ने चासो बढेको छ ।

यद्यपि केही दिनअघि एकीकृत समाजवादीले मन्त्री पदका लागि नाम सिफारिस गरिसकेको थियो ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार चार जना मन्त्री र एक राज्यमन्त्री परिवर्तन भएका छन् ।

जसअनुसार जीवनराम श्रेष्ठ पर्यटन, मेटमणी चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरवहादुर कुँवर श्रममन्त्री नियुक्त भएका छन् भने हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्