रौतहट जिल्ला समन्वय समितिमा गठबन्धनका उम्मेदवार विजयी, एमाले पराजित



रौतहट । रौतहट जिल्ला समन्वय समिति (जिसस)मा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । उक्त समितिको आज (आइतबार) भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

जिसस निर्वाचनमा नेपाली कांगे्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजबादी)ले संयुक्त गठबन्धन गरेका थिए । सभापति पदको उम्मेदवारमा काग्रेसका रामअयोध्या यादव, उपसभापति पदको उम्मेदवार एकीकृत समाजवादीका महेश बैठा निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा कांग्रेसका अशोककुमार झा, इन्दु देवी, बिजुलिया पासवान र शेख मोज्जमिल निर्वाचित भएका छन् । त्यस्तै माओबादी केन्द्रका कमलादेवी ढकाल निर्वाचित भए भने एकीकृत समाजवादीका किरणदेवी पण्डीत, सरफलाल यादव निर्वाचित भए ।

गठबन्धनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सभापति पदको उम्मेदवारका लागि शेरबहादुर पटेल, उपसभापतिमा प्रमिला देवी तथा सदस्यहरुमा कमलेश दास तत्मा, वीरेन्द्रप्रसाद यादव, दलित महिला सदस्यमा कान्ति देवीलाई उम्मेदवार बनाएको थियो ।

जिल्ला समन्वय समितिको सबै पदमा गठबन्धनका उम्मेदवार विजयी भएपछि प्रतिपक्षी दल नेकपा (एमाले) पराजित भएको छ ।

प्रतिक्रिया दिनुहोस्