ललितपुर महानगरमा भोलिबाट स्ट्री फुड बन्द



ललितपुर ।

काठमाडौं उपत्यकामा आज आइतबार एकैदिन ९ जनालाई हैजा पुष्टी भएको छ । ललितपुर महानगपालिकाले सडकमा राखिएका चटपटे, पानीपुरी लगायतका सबै विशाक्त खानेकुरामा प्रतिबन्ध लगाउने भएको छ । राजधानीमा हैजाको प्रकोप बढ्नसक्ने आशंकामा महानगरले स्ट्रीट फुड बन्द गर्ने तयारी गरेको हो ।

महानगरका प्रहरी प्रमुख सिताराम हाछेथुले आजबाट तीनवटा गाडीबाट टोलटोमा माइकिङ गर्न शुरु गरेको जानकारी दिनुभयो । उहाले भन्नुभयो–काठमाडौं महानगरको बागबजार क्षेत्रमा चटपटे र पानीपुरीबाट हैजा फैलिएको जानकारी पाएलगत्तै ललितपुरमा बाटोमा राखिएको सबै खानेकुरा बेचबिखन गर्न रोक लगाएका हौ ।

‘म बागबजार क्षेत्रमा हैजा फैलिएको कारण बुझन पुगेको थिए । बाटोमा बेचेको पानीपुरी र चटपटे खाएपछि हैजा फैलिएको जानकारी पाए’–हाछेथुले भन्नुभयो । त्यहीबाट जानकारी लिएर स्ट्रीट फुड बन्द गरेका हौ , अब मापदण्ड विपरित त्यसस्तो खानेकुरा बिक्रि गर्न दिदैनौ–उहाँको भनाई थियो ।

ललितपुर महानगरपालिकाले आज सोमबारबाट कडाई गर्ने भएको छ । आज माइकिङ गर्छौ, भोलिबाट अटेर गर्नेमाथि कारबाही प्रकृया अघि बढाउनेछौ–उहाँको भनाई थियो । मेयर चिरिबावु महर्जनले कोभिडको समयमा महानगरपालिकाले गरेको कामको प्रशंसा बटुलेको कारण त्यसलाई निरन्तर दिन र हैजाको प्रकोप फैलिन नदिने विष्शेष सतर्कता अपनाउन निर्देशन दिएपछि नियन्त्रण शुरु गरेको प्रहरी प्रमुख हाछेथुको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्