नागरिकता विधेयक अघि बढाउन सांसदको माग



काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले संसदमा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक तत्काल अघि बढाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले नागरिकता नहुँदा राज्यबाट प्रदान गरिने सम्पूर्ण सेवाबाट नागरिक बञ्चित भएको भन्दै उनीहरुलाई राज्यको नागरिक भएको आभास दिलाउन विधेयकको किनारा लगाउनुपर्नेमा जोड दिए ।

सांसद इन्दुकुमारी शर्माले संसदमा लामो समयदेखि विचाराधीन रहेको नेपाल नागरिकता ऐनसम्बन्धी विधेयक पारित नहुँदा राज्यले दिने शिक्षा, स्वास्थ्यलगायत सम्पूर्ण सुविधाबाट बञ्चित भएको भन्दै छिटोभन्दा छिटो पारित गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

एनले संविधान राज्य सञ्चालन गर्ने मूल कानून भएको र यसले सुनिश्चित गरेको नागरिकता प्राप्त गर्ने जन्मसिद्ध अधिकारको सुनिश्चितताका लागि नागरिकता विधेयक टुङ्गो लगाइनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्