साइबर सुरक्षा सम्बन्धी रिपोर्ट सार्वजनिक

0
Shares

काठमाडौं ।

साइबर आक्रमण रोक्न भैरब टेक्नोलोजीद्वारा निर्मित भैरब त्रिडेन्ट सार्वजनिक भएको छ । भैरव टेक्नोलोजीले शनिबार एक रिपोर्ट सार्वजनिक गरेको हो ।

भैरब टेक्नोलोजीमा कार्यरत विज्ञ टोलीले करिब चार महिना लगाएर अनुसन्धान गरी तयार गरिएको साइबर सुरक्षा रिपोर्ट सार्वजनिक गरेको हो । रिपोर्टमा साइबर हमलाबाट बच्ने उपाय,नेपालमा साइबर सुरक्षाको अवस्था, अबलम्बन गर्नुपर्ने नियम लगायत विषय उल्लेख छ ।

भैरब ट्राइडेनको रिपोर्टको बारेमा जानकारी दिदै संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइयो) विजय लिम्बुले सेलिहाङ ट्राइडेन्ट नेक्स्ट जेनेरेसन सेक्युरिटी अपरेशन सेन्टर को सेवा हो, जुन क्लाउड मार्फत संचालन र डेलिभर गरिन्छ । सिद्धान्तमा निर्मितले नया र जटिल आक्रमण पत्ता लगायते र रोकथाम गर्ने गर्छ ।सुरक्षा नियन्त्रण र एकीकृत खतरा बुद्धिमत्ता सक्रिय रूपमा निगरानी गर्न पत्ता लगाउन महत्वपुर्ण कार्य गर्छ । त्यस्तै साइबर क्षेत्रमा निरन्तर बढ्दो खतरालाई तत्काल प्रतिक्रिया दिनमा समावेश गरिएको छ ।

रिपोर्टमा अन–प्रिमाइसेस हार्डवेयर स्रोतहरू बिना खतरा पत्ता लगाउने घटना प्रतिक्रिया र सुरक्षा प्रबिधि व्यवस्थापनलाई द्रुत र सरल बनाउँछ ।अत्यावश्यक सुरक्षा नियन्त्रण र प्रणालीमा निर्मित इन्टिग्रेटेड थ्रेट इन्टेलिजेन्सको काम गर्दछ ।वैरभ त्रिडेन्टले नेटवर्क, सर्भर र वर्कस्टेशनलाई असर गर्ने खतराको पूर्ण सुरक्षा दृश्यता प्रस्तुत गर्नुको अलावा विनाशकारी घटना हुनबाट रोक्ने उल्लेख छ । संस्थाले नेपालमा पहिलो पटक साइबर रेक्युरिटिको बारेमा सुक्ष्म अध्ययन गरी प्रतिवेदन सार्बजनिक गरेको हो । सो प्रतिबेदनले नेपालको पछिल्लो साइबर सुरक्षाको अवस्था दर्शाएको संस्थाले जनाएको छ ।

रिपोर्ट सार्बजनिक कार्यक्रममा संस्थाका अध्यक्ष सुलभ बुढाथोकीले नेपालको पहिलो साइबर सेक्टेरिटी संस्थाले विभिन्न निकायमचा हुने साइब सुरक्षा खतराको विषयमा अध्ययन गरिरहेको छ ।उहाँले भन्नुभयो–नेपालको साइबर सुरक्षा खतराको दलदलमा परिरहेको छ । यस्लाई नियन्त्रण गर्न संसथाले महत्वपुर्ण भुमिका खेल्न सक्छ । त्यसको लागि संस्थाले सर्भिस वितरण गरिरहेको छ–अध्यक्ष बुढाथोकीको भनाई थियो ।

कार्यक्रममा सञ्चार तथा सुचना प्रबिधि मन्त्रालयका उच्च अधिकारी, सुचना प्रबिधिसंग आबद्ध संघ संस्थाका सुचना विज्ञ, सुरक्षा निकायका सुचना प्रबिधि विज्ञ लगायतको उपस्थिति रहेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइयो) विजय लिम्बुले साइबर सेक्युरिटी (सुरक्षा)को दुनियाको गोर्खाहरू, भैरभ साइबर अपराधको पछिल्लो प्रवृत्तिको रोकथाम, डाटाको संरक्षण र सम्भावित आक्रमणको जोखिम न्यूनीकरणका गर्न निकै लोकप्रिय नेपालको अग्रणी साइबर सुरक्षा सेवा प्रदायक संस्थान भएको जानकारी दिनुभयो ।

तीनवर्ष अघि नेपालमा स्थापना भएको यो संस्थाले विभिन्न निकायको साइबर सुरक्षा प्रदान गरिरहेको छ । भैरबटेक्नोलोजिले नेपाल र विदेशमा गरी ७० वटा संस्थाको साइबर सुरक्षाको सेवा दिइरहेको छ ।