२४ घण्टाभित्रै राजीनामा दिने अभिव्यक्ति दिएका मन्त्री आलेले तीन दिनपछि दिए राजीनामा



कठमाडौं । शुक्रबार नेकपा (एकीकृत समाजववादी)को पोलिटब्युरो बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम ओलेले पदबाट २४ घण्टाभित्रै राजीनामा दिने अभिव्यक्ति दिएका थिए । उनले यो अभिव्यक्ति अभिव्यक्त गरेको तीन दिनपछि अर्थात् आज (आइतबार) पदबाट राजीनामा दिएका छन् ।

एकीकृत समाजवादीले मन्त्री फेरबदल गर्ने निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गरेसँगै आलेले पार्टीको निर्णय जुनसुकै बेला कार्यान्वयन गर्न आफू तयार रहेको ब्यहोराको पत्र अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका छन् ।

मन्त्री आलेले २४ घण्टाभित्र आफू मन्त्री पद छाड्न तयार रहेको प्रतिबद्धता जनाएका थिए । सोही अनुसार मन्त्री आलेले राजीनामा गर्ने प्रतिबद्धता पत्र बुझाएको पार्टीका महासचिव वेदुराम भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्