नेपाल प्रहरी भित्र बालुवाटारको नाङगो हस्तक्षेप

आर्थिक चलखेल तीव्र



काठमाडौ ।

राज्यको शान्ति सुरक्षा कायम राख्ने प्रमुख सुरक्षा अंगको रुपमा रहेको नेपाल प्रहरीमा पछिल्लो पटक सरकारले नाङगो हस्तक्षेप गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी संगठनमाथि गरेको पछिल्लो हस्तक्षेपले बामदेव गौतम काण्डलाई समेत ओझेलमा पार्न खोजेको देखिन्छ । प्रहरी संगठन संचालन गर्न प्रहरी ऐन र नियमावली बनेको भएपनि त्यसलाई लत्याउदै सरकारले आफूखुसी सरुवा र बढुवाललाई अघि बढाएको छ ।
प्रहरी महानिरीक्षक बढुवा देखि नै बिवादमा तानिएको सो संगठनमा पछिल्लो पटक प्रहरी नायव महानिरीक्षक बढुवामा सिफारिस परेका ब्यक्तिहरु हेर्दा संगठनकालागि काम गर्ने भन्दा पनि आर्थिक चलखेल र भेगीय हिसावले सिफारिस गरेको पाइन्छ ।

संगठनमा जेष्ठता, कार्य सम्पादन मुल्याङकन र चुनौतिपूर्ण काम गरे वापत पाईने नम्वरमा यस पटक भने लागू हुन सकेन । जसले बढी बालुवाटारको चाकडी ग¥यो उ नै बढुवाको पहिलो नम्वरमा परेको देखिन्छ । विगतदेखि विभिन्न कारवाहीमा परेका व्यक्तिलाई अगाडि तानिएको छ भने संगठनकालागि काम गर्ने व्यक्तिलाई पछाडि पार्ने काम भएको प्रहरी अधिकृतहरु बताउछन ।

प्रहरी बरिष्ठ उपरीक्षकमा १३ नम्वरमा रहेका बसन्त कुवरलाई १ नम्वरमा ल्याइएको छ भने एसएसपीमा दोस्रो लटमा बढुवा भएका अशोक सिंहलाई ३ नम्वरमा बढुवा गरिएको छ ।

प्रहरी निरीक्षक देखि १ नम्वरमा बढुवा हुँदै आएका सन्दिप भण्डारीलाई ७ नम्वरमा लगेर बढुवा सिफारिस गरिएको छ । पटक पटक कारवाही भेगेका व्यक्तिलाई अगाडि पारेको भन्दै नेपाल प्रहरी भित्र तीव्र असन्तुष्टि बढेको छ ।

कमजोर कार्यक्षमता भएका व्यक्तिलाई बढुवाकालागि प्रधानमन्त्री देउवाका स्वकिय सचिव भानु देउवा र प्रधानमन्त्री पत्नी आराजु राणा देउवाले ठाडो हस्तक्षेप गरेको भन्दै प्रहरी भित्र असन्तुष्टि चरमरुपमा बढेको छ । आर्थिक चलखेलका कारण करियर भएका अधिकृतहरुलाई बढुवामा पछाडि पारेको भन्दै अहिले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको कार्य क्षमता माथि नै प्रश्न गर्न थालिएको छ ।

प्रहरी महानिरीक्षक सिंहले अडान लिन नसक्दा राजनीतिक नेतृत्व हावी भएको आरोप लाग्न थालेको छ । संगठन प्रमुखले अडान लिन नसक्दा कतिपय राम्रा अफिसरहरुको बृत्ती विकासमा बाधा पुगेको भन्दै उहांको तीव्र आलोचना समेत भएको छ ।

अहिले ३ नम्वरमा बढुवा भएका सिंह आफू भावी आईजीपी भएको बताउदै हिड्न थालेका छन् । आफुमाथि अन्याय भएको भन्दै अदालतमा मुद्धा दायर गरेका प्रहरी अतिरिक्त महानिरीक्षक बिश्व पोखरेलको मुद्दा टुंगोमा नपुगे आउदो साउन २० बाट अनिर्वाय अवकासमा जाने र खाली हुने उक्त सिटमा आफू एआईजी हुने पक्का भएको भन्दै सिंहले संगठन भित्र आतंक मच्चाउदै आएका छन ।

अहिले १ नम्वर र २ नम्वरमा सिफारिस भएका कुवर र टेकप्रसाद राई कमजोर उम्मेदवार भएकाले आफू एआईजी हुनेमा ढुक्क रहेको बताउदै आएका सिंहले बालुवाटारसंगको आफ्नो सेटिङ मिलेको भन्दै आफ्ना नजिकका आसेपासेहरुलाई तयारी अवस्थामा बस्न आग्रह गर्दै आएका छन ।

 

 

प्रतिक्रिया दिनुहोस्