अखिल क्रान्तिकारीका उपाध्यक्ष कार्कीसहित ९ जना निलम्बनमा



काठमाडौं ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीसहित ८ जना अनिश्चितका लागि निलम्बनमा परेका छन् । निलम्बन पर्नेमा कार्कीसहित वसन्ता भण्डारी, बालकुमार केसी, उपदेश यादव, रविन बस्नेत, पदम नेपाली, समीर बुढाथोकी र संजिव चौधरी छन् ।

गत जेठ ५ गतेका संगठनको केन्द्रीय समिति बैठकमा होहल्ला गर्दै तोडफोड गरेर घाइते बनाएकाले कार्की सहित ८ जनालाई निलम्बन गरिएको हो ।अखिल क्रान्तिकारीको तेस्रो पूर्ण बैठकको निर्णय आइतबार निर्णय सार्वजनिक गर्दै अनिश्चितकालका लागि निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्