‘सहमति’ बाहिरिएपछि बढ्यो राजनीतिक गर्मी



हेटाै‌ंडा ।

सत्तारुढ गठबन्धनमा रहेका प्रमुख तीन दलबीच वागमती प्रदेश सरकारको आगामी नेतृत्वबारे भएको ‘लिखित सहमति’ बाहिरिएपछि राजनीतिक गर्मी बढेको छ ।

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बन्नुअघि २०७८ कात्तिक ४ गते भएको ‘लिखित सहमति’ मा आधा अवधिपछि कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानिया“लाई मुख्यमन्त्री बनाइने उल्लेख छ । २०७८ कात्तिक ११ गते नेकपा (एस) का पाण्डे वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

सहमतिमा प्रदेशका बा“की कार्यकालमध्ये आधा अवधि पाण्डे र बा“की आधा अवधिमा बानिया“ मुख्यमन्त्री बन्ने उल्लेख छ । कांग्रेस, नेकपा (एस) र नेकपा माओवादीबीच भएको त्रिपक्षीय सम्झौतामा कांग्रेसबाट बानिया“, नेकपा (एस) बाट पाण्डे र माओवादीबाट शालिकराम जम्कट्टेलले हस्ताक्षर गर्नुभएको छ ।

तर, पाण्डे मुख्यमन्त्री भएको आठ महिना पुगिसकेको छ । प्रदेशसभाको कार्यकाल अब पाँच महिना मात्र बा“की छ । सरकारको नेतृत्व हस्तान्तरण गर्न कांग्रेसले गठबन्धन दलहरूलाई आग्रह गर्दै आए पनि कार्यान्वयन हुन सकेको छैन ।

प्रदेशमा सत्ता कांग्रेसको हातमा पुग्ने र राजनीतिक समीकरण परिवर्तन हुने भनिए पनि त्यसो हुन सकेको छैन । प्रदेशमा ११ कात्तिकमा पाण्डे मुख्यमन्त्री बन्नुअघि आर्थिक वर्ष २०७९÷०८० को बजेट ल्याएपछि सरकारको नेतृत्व बानिया“लाई हस्तान्तरण गर्नेगरी सहमति भएको दाबी गरिएको छ । प्रदेश सरकारले असार १ गतेभित्र बजेट प्रदेशसभामा पेश गरेको छ ।

बानिया“ यसअघि पनि मुख्यमन्त्री बन्ने होडमा हुनुहुन्थ्यो । नेकपा एमाले विभाजन भएर एकीकृत समाजवादी बनेपछि तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पतमा पर्नु हुँदा बानिया“ मुख्यमन्त्री बन्ने चर्चा थियो । तर, गठबन्धनको भागबण्डामा मुख्यमन्त्री एकीकृत समाजवादीको भागमा परेको थियो । सोहीअनुसार पाण्डे मुख्यमन्त्री बन्नुभएको थियो ।

समाजवादीको नेतृत्वमा स्थानीय तहको निर्वाचन सकेर प्रदेश सरकारको बजेट ल्याउने र त्यसपछि बजेट कार्यान्वयन गर्दै प्रदेशको चुनाव कांग्रेसको नेतृत्वमा गर्ने सहमति भएको बताइएको छ । सोही सम्झौताअनुसार असार १ गते प्रदेश सरकारको बजेटपछि सरकार पुनर्गठन गर्दै कांग्रेसको नेतृत्वमा नया“ सरकार बनाइने भनिएको थियो ।

मुख्यमन्त्री पाण्डेले सरकार परिवर्तनबारे केन्द्रको निर्णय मानेर अघि बढ्ने बताउनुभएको छ । बानिया“ भने सरकार परिवर्तन हुने विगतको सहमति कार्यान्वयन हुनुपर्ने बताउनुहुन्छ । उहाँले पहिला भएका सहमतिअनुसार गठबन्धन सरकार अगाडि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्