सौन्दर्यकला व्यवसायी संघमा सुस्माको नेतृत्व

0
Shares

काभ्रे ।

सौन्दर्यकला व्यवसायी संघ काभ्रेको १५ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सुस्मा प्रधानको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । साधारण सभा तथा पदस्थापन कार्यक्रमको उद्घाटन नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्यले गर्नु भएको थियो ।

सभामा बोल्दै प्रमुख अतिथि सुरकृष्ण वैद्यले सरकारले कस्मेटिक सामानहरूलाई विलासिताको सामानमा राखी आयात रोकेकोमा ध्यानाकर्षण गर्ने बताउनु भयो । व्यक्तिको दैनिक जीवनसँग आवश्यक पर्ने कस्मेटिकका केही सामानहरू रोकिँदा पेसा व्यवसाय नै संकटमा पर्न लागेको भन्दै सौन्दर्यकला तथा कस्मेटिक व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । केन्द्रीय सदस्य वैद्यले त्यसको निराकरणका लागि उद्योग वाणिज्य संघले सरकारको ध्यानाकर्षण गराउने बताउनु भयो ।

साथै व्यवसायीहरुलाई सहज र सरल बनाउन कर, प्यान तथा अन्य समस्याहरूमा उद्योग वाणिज्य संघले वकालत गरिरहेको वैद्यले बताउनु भयो । कोभिड १९ को महामारीका कारण विस्थापित ब्यवसायीहरुलाई राहत तथा करमा छुट दिन महासंघले पहल गरेको उहाँले बताउनु भयो । सौन्दर्य भनेको सुन्दरता र स्वस्थतासँग जोडिएकाले व्यक्ति सचेत र सजग रहन जरुरी रहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाले व्यक्तिको आवश्यकता बन्दै गएको सौन्दर्यलाई व्यवसायीकरण गर्न दक्षता वृद्धि गर्नु पर्ने बताउनु भयो । संगठितसँगै दक्षता बृद्धिका लागि संघ मार्फत तालिम तथा सेमिनारहरू गरिरहनु पर्ने उहाँले बताउनु भयो ।

कार्यक्रममा केन्द्रीय सदस्यहरू रिना शाक्य, लक्ष्मी श्रेष्ठ, संस्थापक अध्यक्ष सुनिता सागर, युवा उद्यमी परेली प्रोडक्टका डाईरेक्टर भानु ढुंगाना, संस्थाका अध्यक्ष शोभा नकर्मी, वरिष्ठ उपाध्यक्ष सविता बज्राचार्य, सचिव सुलोचना बजगाईँ लगायतले सौन्दर्यकला व्यवसायीहरूले भोगिरहेका समस्या र समाधानका लागि सरोकारवालाहरूको ध्यानाकर्षण गराएका थिए ।

साधारण सभाको बन्द सत्रले वरिष्ठ उपाध्यक्ष सविता बज्राचार्य, उपाध्यक्ष गीता सापकोटा, सचिव सुलोचना तिमल्सिना, कोषाध्यक्ष कमला प्रजापति, सह सचिव सुसिना रञ्जित, कोषाध्यक्ष रसिना रानामगर, तालिम संयोजक जुनु पोटे, सदस्य वृद्धि संयोजक लक्ष्मी शुद्धाकार, कोष वृद्धि संयोजक नविना ठकुरी रहेका छन् । सदस्यहरूमा सुमित्रा सापकोटा, शर्मिला उपाध्याय, अनिता पाठक, परु केसी र शुभ लक्ष्मी श्रेष्ठ रहेका छन् ।