अपन राधेमाइ र घोडाघोडी सेमिफाइनलमा

0
Shares

काठमाडौं । 

अपन राधेमाई युथ क्लब र घोडाघोडी क्रिकेट एकेडेमी, कैलाली यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बाग्मती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राधेमाईले नेक्सस क्रिकेट एकेडेमी ११ लाई ९ विकेटले पराजित ग-यो ।नेक्सस ११ ले १९ ओभरमा झारिएको खेलमा पूरै ओभर खेल्दै ९ विकेट क्षतिमा ८८ रन बनायो । नेक्सस ११ का पारस ऐरले ४ चौका र १ छक्का सहयोगमा ५१ रन जोडे । राधेमाईका ‘म्यान अफ द म्याच’ वसिम अली मन्सुरीले ३ तथा सल्मान अली मन्सुरी र अनिश साह कानुले २–२ विकेट लिए ।

जवाफमा राधेमाईले ११.१ ओभरमा मात्र १ विकेट गुमाउदै जितका लागि आवश्यक ८९ रन जोड्यो । राधेमाईका राहुल हक अन्सारीले ३२ तथा चन्दन कुमारले २२ रन योगदान गरे । घोडाघोडीले कालिकोट जिल्ला क्रिकेट संघलाई ७० रनले हरायो । घोडाघोडीले १९.४ ओभरमा १० विकेट गुमाएर १६४ रनको योगफल खडा ग¥यो । घोडाघोडीका ‘म्यान अफ द म्याच’ पारस उपाध्यायले ५–५ चौका र छक्का मद्दतमा ७७ तथा विजय गुप्ताले २५ रन बनाए । कालिकोटका सोचन ओली र म्याट्रिक्स थापाले क्रमशः ४ र ३ विकेट चट्काए ।

कालिकोट १८.४ ओभरमा सबै विकेट गुमाउदै ९४ रनमा समेटियो । कालिकोटका विशाल रावलले ३३ स्कोर गरे । घोडाघोडीका सन्तोष केसीले ३ विकेट लिए । सेमिफाइनलमा घोडाघोडीको भेट अपन राधेमाईसंग हुने छ भने आयोजक नेक्सस क्रिकेट एकेडेमीले जिएचसीए, ललितपुरको सामना गर्ने छ ।