कोचले खेलाडी डुब्नबाट बचाइन्

0
Shares

एजेन्सी । 

हंगेरीको राजधानी बुडापेस्टमा जारी विश्व एक्वेटिक्स प्रतियोगितामा ठूलो घटना टारिएको छ । अमेरिकी पौडीबाज अनीता अल्भारेज बेहोस भएर स्विमिङ पूलमा डुब्न लागेकी थिइन् । त्यहाँ रहेका लाइफ गार्डहरुलाई यसको अतोपतो नै भएको थिएन । तर, कोच आन्द्रेया फुएनटेसनले अल्वारेजमाथि नजर राखिरहेकी थिइन् । अनिता डुबिरहेको देखेपछि उनी स्वयम् स्विमिङ पूलमा हाम फालिन् ।

कोचले एक खेलाडीको ज्यान बचाएर ठूलो घटना हुनबाट बचाएकी थिइन् ।स्विमिङ पूलबाट बाहिर निकालिएपछि अनितालाई होश आएको थियो । उनलाई तत्काल नै स्वास्थ्य उपचार गरिएको थियो । अमेरिकी टोलीले बयानमा बतायो कि उनको स्वास्थ्य ठिक छ । चिकित्सकले अनितालाई उपचार गर्ने क्रममा सबै सामान्य भएको बताएका थिए । यो घटना भएपछि खेलाडीहरुमा त्रास बढेको थियो ।

उनीहरु एक अर्कालाई सम्हाल्दै रोइरहेका थिए । यो घटना अचानक भएकोले कसैले पनि कसरी भयो भन्ने जवाफ दिन सकेनन् । तर, धेरै थकानको कारण पूलमा डाइभ गर्नाबितिकै उनी बेहोस भएको बताइएको थियो ।अल्बारेज अघिल्लो वर्ष बार्सिलोनामा आयोजित ओलम्पिक छनोट प्रतियोगितामा पनि बेहोस भएकी थिइन् । उनलाई त्यतिबेला पनि कोच फुएनटेसले नै बचाएकी थिइन् । अल्बारेजका कोचले बताइन्—मलाई हैरान यो भयो कि लाइफ गार्डस्ले केही गरेनन् । उनीहरु तमाशा हेरिरहेका थिए ।

जब मैले देखे कि उनीहरुले केही सहयोग नगरेपछि म आफै पानीमा फाल हाले । अल्बारेज माथि आउनको साटो तल डुबिरहेकी थिइन् । अनि मैले सकेसम्म छिटो छिटो उनलाई माथि ल्याए । यति ठूलो प्रतियोगितामा रहेका लाइफ गार्डहरुलाई पहिले नै राम्रो प्रशिक्षण दिनुपर्छ । नत्र, के भन्न सकिएला खेलाडीको ज्यान नै जाने हो कि ?