ताँजकोट गाउँपालिकाको बजेट ३० करोड ४९ लाख



हुम्ला ।

हुम्लाको ताँजकोट गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० को लागि अनुमानित ३० करोड ४९ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकामको उपप्रमुख सुरेन्द्र थापाले शुक्रबार ११औं गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त बजेट सार्वजनिक गरेका छन् ।

सार्वजनिक बजेटमध्ये संघीय सरकारबाट वित्तीय सम्मानीकरण शीर्षकमा ७ करोड २६ लाख, ससर्त अनुदान ११ करोड ४८ लाख, विशेष अनुुदान १ करोड ६० लाख, समपुुरक अनुुदान ७० लाख रहेको छ भने प्रदेश सरकारबाट प्राप्त अनुुदानमा प्रदेश सरकार सम्मानीकरणमा ६२ लाख ४२ हजार, ससर्त अनुुदान २ करोड १८ लाख ६० हजार र समपुुरक अनुुदान १ करोड २५ लाख २६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

ताँजाकोट गाउँपालिकाले उत्पादन र रोजगारी सामाजिक रुपान्तरण हाम्रो अभियान भन्ने लक्ष्य साथ गाउँसभामा शुक्रबार आयोजना गरेको हो ।
गाउँपालिका अध्यक्ष लालकेश जैसीले बजेटले प्राथमिकतामा पारेका क्षेत्रमा भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, पर्यटन वन वातावरण रहेको बताउनु भयो ।
बजेटमा उक्कृष्ट कृषक पुरस्कार, किसानसँग साझेदारी कार्यक्रम, पकेट र ब्लक विकास कार्यक्रम नयाँ प्प्रस्ताव गरिएको छ।

त्यसैगरि बजेट तथा कार्यक्रमले गृहणी तालिम र प्रत्येक वडामा कुटानी पिसानी मिल सञ्चालन गर्ने कुरालाई पनि समेटेको छ।

प्रतिक्रिया दिनुहोस्