सिमकोट गाउँपालिको बजेट ५३ करोड ७५ लाख



हुम्ला ।

सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को अनुमानित आय–व्यय बजेट सार्वजनिक गरेको छ । गाउँपालिको उपप्रमुख शुसिला रोकायालले ५३ करोड ७५ लाख ८२ हजार ६ सय ३१ रुपैया अनुमानित बजेट सार्वजनिक गर्नुभएको हो ।

त्यस्तै सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमा समानीकरण अनुदान २१ करोड ९ लाख ३९ हजार, सःशर्त अनुदान ३२ करोड २६ लाख ३३ हजार २ सय २९ रुपैया अन्य संघ संस्था बाट ४ लाख १० हजार २ सय रुपैया बजेट पारित भएको बताइएको छ।

चालु तर्फबाट ३४ करोड ६३ लाख ९३ हजार ५ सय ५ रुपँया र पुँजीगत १९ करोड ११ लाख ८९ हजार १सय २६ रुपैया अनुमानित रकम प्रस्तुत गर्नुभयो ।

आर्थिक विकासमा २ करोड ७३ लाख,सामाजिक विकासमा २४ करोड ७२ लाख ९३ हजार २ सय २९ रुपैया, भौतिक पूर्वधारमा ९ करोड ८८ लाख ९० हजार, वन वातावरण तथा विपत व्यास्थपनमा २ करोड ५० लाख,सुशासन तथा संगठन विकासमा १३ करोड ९० लाख ९९ हजार ४ सय २ रुपैया विनियोजित गरिएका गरेको उपाध्यक्ष रोकायाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्