गाेसाईकुण्ड गाउँपालिकाकाे बजेट ३९ कराेड १६ लाख

शिक्षा, स्वास्थ ,पूर्वाधार लगायत पर्यटन क्षेत्र लाई प्राथमिकता दिईने



रसुवा।

जिल्लाकाे गाेसाईकुण्ड गाउँपालिका काे आर्थिक वर्ष २०७९/८० का लागि वजेट ३९ कराेड १६ लाख ३० हजार रूपैयाँ पारित गरी शिक्षा, स्वास्थ ,पूर्वाधार लगायत पर्यटन क्षेत्र लाई प्राथमिकता दिईने भएको छ।

शुक्रबार ११ अैा गाउँ सभामा पालिका उपाध्यक्ष प्रतिमा तामाङले वजेट प्रस्तुत गर्दै गाेसाईकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० काे नीति तथा कार्यक्रम मा शिक्षा,स्वास्थ्य,खानेपानि,पुर्वाधार विकास,पर्यटन,कृषि,सामाजिक विकास लगायत विपद व्यवस्थापन लाई प्राथमिकतामा राखेर सामाजिक विकास तर्फ १६ कराेड ४९ लाख २३ हजार ८ सय २० रूपैयाँ,आर्थिक विकास तर्फ ३ कराेड ७२ लाख,पुर्वाधार विकास तर्फ ९ कराेड ३६ लाख ८८ हजार,सुशासन तथा अन्य सम्वन्धित क्षेत्र तर्फ २९ लाख ६२ हजार र कार्यालय सन्चालन तथा प्रशासन तर्फ ९ कराेड २८ लाख ५६ हजार १ सय ८० वजेट विनियाेजन गरिएकाे वताईएकाे छ

धुन्चे गाेसाईकुण्ड केवलकार निर्माणकाे लागि गर्नुपर्ने प्रारम्भिक कार्य लगायत संघीय नीतिगत निर्णय र आवश्यक कार्य विधि निर्माण र कार्यान्वयन गराउन सराेकारवला संग छलफल गर्ने,गाेसाईकुण्ड गाउँ पालिका भरिका १०० वर्ष पुगेका जेष्ठ नागरिकलाई जेष्ठ नागरिक सम्मान काे अवसरमा सार्वजनिक रूपमा सम्मान गरिने लगायतका विविध विषय हरूलाई प्राथमिकता दिईएकाे अध्यक्ष कैसाङ नुर्पु तामाङले वताउनु भयाे ।

गोसाईकुण्ड गाउँपालिकाको ११ औँ गाउँसभामा यस वर्ष सबैभन्दा बढी शिक्षामा आठ करोड ९३ लाख ६ हजार रुयैयाँ बजेट विनियोजन गरिएको छ । त्यस पछि ४ करोड ३१ लाख ५० हजार रुपैयाँ स्वास्थ्यमा बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्