जेहेन्दार विद्यार्थीलाई एक लाख छात्रबृत्ति



काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले विजय घलानलाई एक लाख रुपैयाँ छात्रबृत्ति प्रदान गरेको छ ।

गाउँपालिकाले आज एक कार्यक्रम गरी एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत पालिकाको वडा नं २ घर भएका घलानलाई जेहेन्दार विद्यार्थी छात्रबृत्तिस्वरुप सो रकम हस्तान्तरण गरेको हो ।

उनी पाकिस्तानस्थित फैसलावाद मेडिकल युनिभर्सिटीमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत छन् ।

गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष भगवान् अधिकारीले पदभार ग्रहण गरेसँगै पहिलो बैठकले गरेको तीन महत्वपूर्ण निर्णयमध्येको प्राविधिक तथा अप्राविधिक विषयमा स्नातक वा सोभन्दा माथि अध्यनरत विद्यार्थीलाई जेहेन्दार छात्रबृत्ति दिने घोषणाअनुरुप आज रकम वितरण गरेको गाउँपालिका प्रवक्ता एवं वडा नं १ का वडाध्यक्ष मधुसुदन तिमल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस्