लमजुङका सञ्चारर्मीका लागि पत्रकारिता तालिम



लजमुङ । 

लमजुङका सञ्चारकर्मी लागि तालिम शुरु भएको छ । गण्डकी प्रदेश सरकार, कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयका सहयोग तथा नेपाल पत्रकार महासंघ लमजुङ शाखाको समन्वयमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले पाँच दिने आधारभुत पत्रकारिता तालिम आयोजना गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सुशिल बैद्यको प्रमुख अतिथ्यता एवं पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष परमेश्वर अधिकारीको अध्यक्षता औपचारिक कार्यक्रम गरी तालिम शुरु भएको हो । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुशिल बैद्यले समाजिक क्षेत्रमा पत्रकारले कलम चलाउदै गर्दा सुशासन सँगै समुदायको विकासका क्षेत्रमा बढी जोड दिनु पर्ने बताउनु भयो । पत्रकारिता समाजप्रतिको उत्तरदायी पेशा भएकोले समाजको बास्तविकतालाई उठाने गरी सूसुचित वातावरण निमार्ण गर्न पत्रकार तथा सञ्चार जगतको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।

तालिमको औपचारिक उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य नविन राज कुईकेल, पूर्व केन्द्रिय सदस्य किसान संगित नेपाली, गण्डकी प्रदेश समिति निर्वतमान सदस्य कमला केसी, पुर्व अध्यक्ष कृष्ण केसीलगायतले मन्तव्य राख्नु भएको थियो ।
नेपाल पत्रकार महासंघ लमजुङ शाखाका उपाध्यक्ष अनुज अधिकारीले संचालन गर्नु भएको सो कार्यक्रममा महिला उपाध्यक्ष शान्ता कमलीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

पाँच दिनसम्म सञ्चालन हुने सो तालिममा पत्रकारको क्षमता विकास, पत्रकारिताको मापदण्ड, पत्रकार आचारसंहिता सँगै नयाँ मिडिया र चुनौति जस्ता विषयमा प्रशिक्षण हुनेछ ।पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले आयोजित सो तालिममा जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको महासंघ लमजुङ शाखाका अध्यक्ष परमेश्वर अधिकारीले जानकारी दिनुभयो । पछिल्लो समय पत्रकार महासंघ लमजुङ शाखा सक्रिय बनेसँगै पत्रकार उत्पादन तथा क्षमता अभिबृद्धिका लागि तालिम आयोजना गरिएको नेपाल पत्रकार महासंघ लमजुङ शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्