जिल्ला भलिवल संघ रुपन्देहीको अध्यक्षमा कुमार शाक्य

0
Shares

बुटवल।

जिल्ला भलिवल संघ रुपन्देहीको ८ औं वार्षिक साधारण सभा तथा ५ औं जिल्ला अधिवेशन सोमबार बुटवलमा सम्पन्न भएको छ । पांचौ अधिबेशनले सुरेन्द्र कुमार शाक्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा राम बहादुर थापा र लोकेन्द भण्डारी, महासचिवमा शेरजंग गुरुङ ईश्वर, र कोषाध्यक्षमा तुल बहादुर थापा चयन हुनु भएको छ ।

समितिको सदस्यमा महेश खनाल, विश्वास ढकाल, ममता बुढाथोकी लाल प्रकाश थापा, विजयी गुरुङ, ईन्दीरा राना , प्रताव खवास र किशन बहादुर चन्द र्विाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ ।

त्यसअघि साधारण सभाको उदघाटन गदै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकास भट्रराईल खेलकुदको विकासमा राजनैतिक दलहरु गम्भिर हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नु भयो । उहाँले हरेक खेलकुदको विकास र संरक्षणका लागि राजनैतिक आस्था भन्दा फरक व्यक्तिहरुको छुटै समुह बनाउनु जरुरी रहेको औल्याउनु भयो ।

संघका अध्यक्ष योग गुरङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भलिवल महासंघकी उपाध्यक्ष निरोध शाक्य, पत्रकार सुमन अधिकारी, दिनेश पाण्डे संघका निर्वतमान अध्यक्ष विष्ण्ुा कुमार श्रेष्ठ,सल्लाहकार टुक बहादुर क्षेत्री महेश खनाल लगायतले खेलकुदको क्षेत्रमा सरकारले वजेट विनियोजन गर्न नसक्दा खेलकुदमा लागेकाहरुको संरक्षण हुन नसकेको गुनासो राख्नु भएको थियो ।