सशस्त्र प्रहरी जवानको आधारभूत तालिम सम्पन्न



काठमाडौँ ।

सशस्त्र प्रहरी बल नेपालका विभिन्न ईकाइ अन्तर्गत राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, सशस्त्र प्रहरी बल नेपालको तालिम शिक्षालय तथा गणहरुमा संचालित सि.संं २३४ (क–ण) ‘सशस्त्र प्रहरी जवान आधारभूत तालिम’ आज सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्काले सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बंगलामुखी काठमाडौमा संचालित सि.संं २३४ (ख) सशस्त्र प्रहरी जवान आधारभूत तालिमको सोही गणमा आयोजित दिक्षान्त समारोहका बीच समापन गर्नु भएको हो ।

सो अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्काले सो तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार समेत प्रदान गर्नुभयो । उहाँले प्रशिक्षार्थीहरुलाई तालिमबाट सिकेका ज्ञान, सीप तथा कलाकौशललाई कार्यक्षेत्रमा परिचालित हुँदा कुशलता पूर्वक सदुपयोग गर्दै ईमान्दार र पूर्ण व्यवसायीक भई प्राप्त जिम्मेवारी त्रुटिरहित ढंगबाट सम्पादन गर्न निर्देशन  दिनुभयो ।

यसैगरी राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ र सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा संचालित सि.सं. २३४ (क) र (ज) सशस्त्र प्रहरी जवान आधारभूत तालिम सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौंमा आयोजित उक्त तालिमको दिक्षान्त समारोहमा सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले सो तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार समेत प्रदान गर्नुभयो ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनीमा संचालित सि.सं. २३४ (छ) सशस्त्र प्रहरी जवान आधारभूत तालिमको सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहालले सोही तालिम शिक्षालयमा आयोजित दिक्षान्त समारोहकाबीच तालिम समापन गर्नुकासाथै तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालय झापामा सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ रिजर्भ गण बर्दिबास महोत्तरीमा सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगर, सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा सशस्त्र प्रहरी नायव महानिरीक्षक शम्भु सुवेदी, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा सशस्त्र प्रहरी नायव महानिरीक्षक कुल बहादुर नेम्वाङ्ग, सशस्त्र प्रहरी बल नेपाल जवान तालिम शिक्षालय नौवस्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक अभिकुमार खत्री र सशस्त्र प्रहरी बल नेपाल बडिमालिका जवान तालिम शिक्षालय कैलालीमा सशस्त्र प्रहरी नायव महानिरीक्षक दुर्गा प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी जवान आधारभूत तालिमहरुको समापन गर्नुकासाथै उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार समेत प्रदान गर्नुभयो ।

३४ हप्ता अवधिको सो तालिममा २१६ जना महिलासहित कूल १७३१ जना सशस्त्र प्रहरी जवानहरुले तालिम सफलतापूर्वक सम्पन्न गरेका छन् ।

उक्त तालिमलाई दुई चरणमा विभाजन गरी सशस्त्र प्रहरी बल नेपालको कार्यदेशसँग सम्बन्धित ऐन नियम, कवाज, शारीरिक तालिम, हतियार तालिम, विपद् व्यवस्थापन, हुल तथा दंगा व्यवस्थापन, सीमा सुरक्षा लगायत लैंगिक सचेतना र मानवअधिकार जस्ता विविध विषयमा सैद्धान्तिक एवं व्यवहारिक रुपमा प्रशिक्षण गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्