सुनसरीमा बाढीले बगाएर एक जनाको मृत्यु , दुईको प्रहरीद्वारा उद्धार


सुनसरी।

सुनसरीमा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ। जिल्लाको बराह क्षेत्र नगरपालिका १ स्थित धरान चतरा सडकखण्डको बाघ खोलामा वर्षाको कारणले आइतबार आएको बाढीले को २ ह ९७८५ नम्बरकोअटोलाई बगाउँदा उक्त अटोमा सवार १७ बर्षिया ईस्थिविना राईको
मृत्यु भएको हो ।

त्यस्तै सशस्त्र प्रहरीले उक्त अटो चालक धरान उपमहानगरपालिका १७ बस्ने ३३ वर्षिय राजु राई र रसुवा जिल्लाको गोसाईकुण्ड नगरपालिका ३ बस्ने १८ वर्षिया आलिया तामाङ्गलाई सकुशल उद्धार गरेको छ । गम्भीर घाईते भएकी तामाङ्गलाई उद्धार पश्चात उपचारको लागि चतरा अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चतराबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनीहरुको उद्वार गरेको हो ।

सडकबाट करीव ५ सय मिटर तल फेला परेको उक्त अटोलाई सशस्त्र प्रहरीले ईलाका प्रहरी कार्यालय चतरामा बुझाएको छ।
मृतक राईको शव पोष्टमार्टमको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।