मर्यादित महिनावारीबारे सन्दर्भ सामग्री सार्वजनिक



काठमाडौं ।

महिनावारी शिक्षा सन्दर्भ सामग्री सार्वजनिक भएको छ । औपचारिक शिक्षामा प्रभावकारी रुपमा महिनावारी तथा प्रजनन स्वास्थ्य सम्बन्धि जानकारी भएका तीनवटा किताब सार्वजनिक गरिएको हो ।

राष्ट्रिय महिनावारी सञ्जाल र ग्लोबल एक्सन नेपालको संयोजनामा सार्वजनिक गरिउको उक्त सन्दर्भ सामग्रीमा विद्यालय शिक्षामा महिनावारीलाई कसरी व्यवस्थापन गर्नेबारे उल्लेख गरिएको छ । उक्त सन्दर्भ सामग्रीमा कक्षा ४ देखि कक्षा १२ सम्मको औपचारिक शिक्षामा महिनावारी र त्यससँग सम्बन्धित विषयलाई समट्नका लागि छुट्टाछुट्टै विषय समेएिको छ ।

उक्त सन्दर्भ सामग्रीबारे मन्तब्य राख्दै राष्ट्रिय योजना आयोकी सदस्य सनोनी प्रधान सिंहले प्रकाशनले नस्ीति निर्माण तहमै सहयोग गरेको बताइन् । उनले छुट्टाछुट्टै संस्थाहरूले गरेको अध्ययनभन्दा सामुहिक अध्ययन नीति निर्माढण तहमै प्रभावकारी भूमिका खेल्ने भन्दै प्रसंसा गरिन् । उनले भनिन्, “एक्लै अध्ययन गर्ने र जस लिने प्रवृत्ति छ । त्यसैमा टेकेर नीति निर्माण तहका मानिसले पनि काम गर्ने गरेको पाइन्छ । त्यसले सबैको कुरा समेट्न गाह्रो हुन्छ । अहिले अध्ययन पूर्ण छ । धेरै संस्थाको सहभागिता छ ।”

उक्त सामग्रीबाट पाठ्यक्रममा समेटिने पाठ्यक्रम विकास केन्द्रकी सुमन सिलवालले प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा उपस्थितत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकी रमा अर्यालले औपचारिक शिक्षामा महिनावारीको विषय समेट्नका लागि मन्त्रालयको प्रतिबद्ध रहेको बताइन् ।

यस्तै, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक मधुसुदनसुवेदीले अब विद्यालय र विश्व विद्यालयले नै समाजमा मर्यादित महिनावारीबारे अग्रसर हुनुपर्ने बेला भएको बताए ।

राजधानीमा सामोबार सम्पन्न सार्वजनिकीकरण कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्व विद्यालयका प्रतिनिधिहरू सहभागी भएका थिए । कार्यक्रम राष्ट्रिय महिनावारी सञ्जालका तर्फबाट संयोजक गुणराज श्रेष्ठले अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन सन्तोष महर्जनले गरेका थिए ।

सन् २०१८ देखि चलेको उक्त परियोजनाको कार्यान्वयनमा ग्लोबल एक्सन नेपालले गरेको हो भने महिनावारकिा क्षेत्रमा काम गर्ने ४० भन्दा बढी संस्थाले सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्