लहानबाट लागुऔषध र नगदसहित ३ जना पक्राउ



काठमाडौं ।

लहानबाट लागु औषध र नगदसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको गस्ती टोलीले आइतवार राती करिब ११ बजे सिरहाको लहान नगरपालिका–१ स्थित दयाराम ठाकुरको घरमाबाट लागु औषध र सरसमानसहित ३ जनालाई पक्राउ गरेको हाे ।

लहान नगरपालिका वडा नं १ बस्ने दयाराम ठाकुरको १८ वर्षीय छोरा गौतम ठाकुर, भारत मधुवनी जिल्ला, ग्राम पंचायत खरियोग थाना पिप्राही १ बस्ने भुनेश्‍वर ठाकुरको २७ वर्षीय छोरा धर्मेन्द्र कुमार ठाकुर र भारत मधुवनी जिल्ला, पंचायत राजनगर थाना फेरण श्रीपट्टी ७ घर भई हाल लहान नगरपालिका वडा नं ५ बस्ने फकिर मोहमदको २१ वर्षीय छोरा मोहमद अखतर रहेका छन्

उनीहरुको साथबाट फेनरागन-६४५ एम्पुल, डाईजिल्याव-६४५ एम्पुल, व्युप्रिनोर्फिन-६४५ एम्पुल, नाईट्राभेट-४८० ट्याब्लेट, डाईलेक्स डि.सी-४३९ बोतल, स्पामोप्रोक्सिभिन- ४३२ ट्याब्लेट, ज.१ प.४७५८ नं.को १ थान मोटरसाईकल , नगद (नेपाली रुपैयाँ )–  ४३,५०० , मोबाईल थान.३ तिन बरामद भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्