काठमाडौंमा नक्कली जारको पानी बजारभरि छ्यापछ्याप्ती, २ जना पक्राउ



काठमाडौं ।

काठमाडौंमा विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरेर खानेपानीको जार बेचेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरी कम गुणस्तरको पानी विक्री गरेको आरोपमा  चितवनका किरण श्रेष्ठ  र सर्लाहीका आशिष कार्कीलाई साेमबार प्रहरीले पक्राउ गरेको हो ।

 उनीहरुको साथबाट १९७ पानीको जार बरामद गरिएको प्रहरीका जनाएकाे छ । थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ परेका व्यक्ति र जारलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, बबरमहल पठाएको बताइएकाे  छ ।

प्रतिक्रिया दिनुहोस्