महिला संघले बाँढ्यो झुल र ब्ल्याङ्केट

0
Shares

बारा । 

सशस्त्र प्रहरी परिवार महिला संघले बारा जिल्लाका तीन पालिकाका गरिव र विपन्नलाई ३ हजार १ सय ५० थान झुल र १ हजार ५० थान पोलार ब्ल्याङ्केट वितरण गरेको छ ।

काठमाडौंंस्थित फिटवेल गार्मेन्टको सहयोगमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष अनिता लामिछाने (अर्याल) ले शनिबार जिल्लाको निजगढ र कोल्हबी नगरपालिका तथा करैयामाई गाउँपालिकामा आयोजित छुट्टाछुट्टै कार्यक्रममा झुल र ब्ल्याङ्केट वितरण गर्नुभएको हो ।

निजगढको भक्तलाल, कोल्हबीको रामपुर्वा र करैयामाईको पिप्रामा कार्यक्रम आयोजना गरेर सो सामग्री वितरण गरिएको थियोे । कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले देशका विभिन्न भागमा बाढी, पहिरो, आगलागी, हुरीबतास जस्ता प्राकृतिक प्रकोपपीडित र अतिविपन्न परिवारमा राहत सहयोग गर्दै आएको बताउनुभयो ।

उहाँले आफ्नै कोष र दाताहरुबाट सहयोग जुटाएर संघले सहयोग गर्ने गरेको बताउनुहुन्छ । बारा जिल्लाका ग्रामीण बस्तीका बासिन्दालाई गर्मियाममा प्रयोग हुने झुल र पोलार ब्ल्याङ्केट सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको पनि संघकी अध्यक्ष लामिछानेले बताउनुभएको थियो ।

कोल्हबीको रामपुर्वामा आयोजित कार्यक्रममा कोहल्वी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरी, उपप्रमुख लक्ष्मीदेवी चौधरीले सहयोगका लागि संघलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।त्यसै गरी, करैयामाई गाउँपलिकामा भएको अर्को कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भुप्रसाद यादव र निजगढको भक्तलालमा आयोजित कार्यक्रममा निजगढ नगरपालिका–१३ का वडाध्यक्ष सूर्य घलानले सहयोगप्रति सशस्त्र प्रहरी परिवार महिला संघ र गार्मेन्ट सञ्चालक मनोज भारतीलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा संघकी उपाध्यक्ष सावित्री पौडेल, सचिव तुलमाया ठाडामगर, सीमासुरक्षा प्रहरी बल बाराका प्रहरी उपरीक्षक राजेन्द्र थापालगायतको उपस्थिति रहेको थियो ।