नेपालको नजर फाइनलतर्फ

0
Shares

काठमाडौं ।

एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत सोमबार आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको किनरारा ओभलमा हुने तेस्रो खेल बिहान सवा नौ बजे सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजीमा छ । यदि बहराइनविरुद्ध जित निकाले नेपाल एक खेल अघिनै सेमिफाइनल पुग्नेछ ।

लगातार दुई खेल जितेको नेपाल समूह बी मा ४ खेल सहित शीर्ष स्थानमा छ । यस अघि नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो ।

समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले २ खेलमा ४ अंक जोडेको छ । बहराइन २ खेलमा १ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।