पेट्राेलियम पदार्थकाे मूल्य वृद्धि , पेट्राेल १ लिटरकाे १ सय ९९

0
Shares

काठमाडौं ।

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले एकै पटक प्रति लिटर २१ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुर्याएको हो ।

यो मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने नेपाल आयल निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै आयल निगमले डिजल र मट्टितेलमा २७ रुपैयाँले मूल्य बढाएको छ । अब डिजल र मट्टितेलको मूल्य १९२ रुपैयाँ प्रतिलिटर हुने भएको छ ।