![](https://newsofnepal.com/wp-content/uploads/2018/07/bepatta-1.jpg)
बैतडी । बैतडीबाट एक युवती बेपत्ता भएकी छिन् । सिगास गाउँपालिका–८ की १८ वर्षीय सरस्वती बोहरा बेपत्ता भएकी प्रहरीले जनाएको छ ।
शनिबार रोपाई गर्न भन्दै घरबाट हिँडेकी बोहरा बेपत्ता भएको उनका श्रीमान् रमेश बोहराले बताए । शनिबार साँझ पनि घर नफर्किएपछि बोहराले शिवलिङ प्रहरी चौकीका निवेदन दिएका छन् ।
प्रहरीका अनुसार आफन्तले दिएको निवदेनको आधारमा खोजतलास भइरहेको छ । रमेश बोहराले गत चैतमा कञ्चनपुरबाट भागी विवाह गरेका थिए ।