निरन्तरको वर्षासँगै गएको पहिरोका कारण डुम्रे-बेसीशहर सडक अवरुद्ध



लमजुङ ।

निरन्तरको वर्षासँगै गएको पहिरोका कारण डुम्रे – बेसीशहर सडक अवरुद्ध भएको छ । बेसीशहर १ उदिपुरको देउरालीडाँडामा गएको पहिरोका कारण डुम्रे बेसीशहर सडक अवरुद्ध भएको हो । गतबर्ष पनि उक्त ठाउँमा पहिरो गएको थियो ।

बेसीशहरबाट गएका सवारीसाधन बेसीशहरतर्फ र डुम्रेबाट आएका डुम्रेतर्फ नै रोकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जगदीश रेग्मीले बताउनु भयो ।
नयाँ ट्रयाक खोलेर बैकल्पिक बाटो खोजी गरी आइतबार साँझसम्म अवरुद्ध सडक खुलाइने डुम्रे–बेसीशहर–चामे सडक योजनाका प्रमुख डिभिजन इन्जिनियर अच्युत बिलास पन्तले बताउनु भयो। सडक एक सय मिटर माथिबाट पहिरो खसेको हुँदा तत्काल सडक खुलाउन नसकिने र त्यसका लागि बैकल्पिक बाटो खोज्नुपर्ने इन्जिनियर अच्युत बिलासको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्