व्यायाम प्रशिक्षक उदय सम्मानित



काठमाडौं । 

नेपाली व्यायाम खेल क्षेत्रका वरिष्ठ प्रशिक्षक उदयबहादुर श्रेष्ठ सम्मानित हुनुभएको छ ।शनिबार ज्ञानेश्वरस्थित हिमालय जिम सेन्टरले स्थापनाको २५औं वार्षिकोत्सवमा श्रेष्ठलाई उत्कृष्ट प्रशिक्षकका रूपमा सम्मान गरिएको हो । विगत तीन दशकदेखि व्यायाम प्रशिक्षकको रूपमा अनवरत कर्म गर्दै आएका प्रशिक्षक श्रेष्ठलाई एक कार्यक्रमकाबीच हिमालय जिम सेन्टरले सम्मान गरेको हो ।

रक्तदानसमेत गरिएको उक्त कार्यक्रममा उहाँलाई मुख्य अतिथि नेपाल बडी बिल्डिङ संघका पूर्वअध्यक्ष तथा नेपाली बडी बिल्डिंगका पहिलो अन्तर्राष्ट्रिय निर्णायक रमेशनाथ खनाल र क्लबका अध्यक्ष तथा कार्यक्रमका सभापति रामकृष्ण श्रेष्ठले ट्रफी र प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

सोही अवसरमा १६औं धर्मश्रीअन्तर्गत महिला फिजिक्स इभेन्टतर्फ उपविजेता बन्न सफल लुना श्रेष्ठ पनि अक्सपर्ड जिम एन्ड फिटनेसले सम्मान गरेको छ । श्रेष्ठलाई मुख्य अतिथि खनाल तथा अक्सफोर्ड जिम एन्ड फिटनेसका सञ्चालिका निर्मलादेवी श्रेष्ठले ट्रफी तथा प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभयो । उक्त कार्यक्रम हिमालय जिम सेन्टर र अक्सपर्ड जिम एन्ड फिटनेसले संयुक्तरूपमा आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्