बीएनए र एन्जल्स हार्ट फाइनलमा

0
Shares

काठमाडौं । 

वसुन्धारा नेसनल एकेडेमी (बीएनए) र एन्जल्स हार्ट छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।

बीएनएले आयोजक स्किब्सलाई ९–४ तथा एन्जल्स हार्टले इेडेन ब्रिज एकेडेमी –ईबीए) लाई १२–३ ले पराजित गरे ।
सिनियर ब्वाइजमा त्रिज्योति र ग्रिनल्यान्डले उपाधि भिडन्त पक्का गरे । त्रिज्योतिले महामञ्जुश्रीलाई १७–१६ को झिनो अन्तरले हरायो । ग्रिनल्यान्डले भ्याली पब्लिकमाथि २१–१७ को जित दर्ता ग-यो ।

सिनियर गल्र्समा एनसीसीएस र निम्स ְ‘ए’ ले फाइनल यात्रा तय गरे । एनसीसीएले भ्याली पब्लिकलाई १०–८ ले पाखा लगायो । काष्ठमण्डपविरुद्धको प्रतिस्पर्धामा निम्स ‘ए’ ४–३ ले विजयी भयो ।

स्टाफतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा काष्ठमण्डपले इन्साइट भिजन तथा महामञ्जुश्रीले निम्सविरुद्ध खेल्नेछन् । स्टाफको विधा पहिलोपटक राखिएको हो । विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।