कम्मर मुनीको गम्भिर समस्याका बारेमा कृपाले गर्यो तीन जिल्लामा अनुसन्धान



काठमाडौँ ।

मानव शरिरमा हुने विभिन्न रोग मध्ये कम्मरमुनीको भाग हिप, घुडा, जोर्नी, गोलीगाठा, पिडुला, कुर्कुचा लगायतका भागमा हुने स्वास्थ्य समस्याका बारेमा बेलायतको साउथम्टोन र कृपा नामक गैह्र सरकारी संस्थाले ३ वटा जिल्लामा गरेको एक अध्ययनको रिपोर्ट विहीवार सार्वजनिक गरेको छ ।

रिपोर्टमा विभिन्न समस्याले शारिरीक अशक्तता भएका व्यक्तिहरुका बिषयमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शारिरीक विकलांगता भएका, दीर्घरोगी, अशक्त बिरामीका लागि रिहाब सेन्टरको नीति नियम बनाएपनि व्यहारिक रुपमा कार्यात्वयनको पाटो सून्य रहेको निष्कर्ष निकालेको छ ।

२ हजार ५ सय २५ जनामा गरेको अनुसन्धानबाट उक्त निष्कर्ष निस्किएको हो । उक्त निष्कर्षका बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा.रविन्द्र बास्कोटाले अनुसन्धान रिपोर्टले सरकारलाई घच्घच्याउनुका साथै नीति कार्यान्वयनका लागि थप छलफलको बाटो खोलिदिएको बताउँनुभयो ।

उहाँले सरकारले रिहाब सेन्टरको नीति बनाएको भएपनि व्यवहारमा नदेखिएको बिषय निकै गम्भिर भएको बताउँनुभयो । कम्मर मुनीको रोग जुनसुकै वर्गमा लाग्ने रहेछ भन्ने तथ्यले अझ झस्काएको पनि उहाँले व्यक्त गर्नुभयो । यो बिषयले स्वास्थ मन्त्रालय तथा सरकारको ध्यानाकर्ष गरेकोले थप अनुसन्धानको लागि बाटो खोलेको छ भन्नुभयो ।

कार्यक्रममा बेलायतको साउथम्टोन विश्व विद्यालयका डा.अमोस चानोन र सोही विश्व विद्यालयका डा. लुसी गेटीले नेपालमा कृपाका साथै काठमाडौ विश्व विद्यालय लगायतका ८ जना विशेष सल्लाहकारहरुसँगको सहकार्यमा गएिको अनुसन्धानले अन्तर्राष्ट्रिय रुपमा नै एउटा महत्वपूर्ण कार्यको सुरुआत गरेको र भविष्यमा यस्लाई थप क्षेत्र विस्तार गर्दै अघि बढ्ने बताउँनुभयो ।

सोही अवसरमा काठमाडौ विश्व विद्यालय कम्युनिटी मेडिसिन विभागका प्रा.डा. अभिनाभ बैद्यले यो सामुहिक अनुसन्धानमा सरकारले चाहेर वा नचाहेर साईड लगाउँन खोजेको बिषयमा खोज गर्नु महत्वपूर्ण बिषय हो । शुरुका दिनमा यो बिषयमा छलफल गर्दा म आफै अलमलमा थिए भने अहिले अनुसन्धान गर्दै जाँदा अत्यन्तै गम्भिर कतैबाट नउठेको बिषय रहेछ भन्ने लागेको छ । यो बिषय सरकारी तहबाट समयमै उठान गर्नुपर्छ भनी सबै निकायको ध्यानाकर्षण गराईएको पनि उहाँले बताउँनुभयो ।

स्वास्थ्य मन्त्रालयका प्रा.गोमा निरौलाले शुरुमा के बिषयमा अनुसन्धान गरेको होला भन्ने लागेको थियो रिपोर्ट हेर्दा गम्भिर बिषय रहेछ भन्ने महसुस भएको छ । आफुले मन्त्रालय तहमा गर्नुपर्ने सहयोग र कार्यान्यनमा पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा कृपाका सह निर्देशक डा. महेश पुरीले तल्लो अंगको अवस्थाहरूको दर्दनाक चोटहरू, जन्मजात असामान्यताहरू, न्यूरोलोजिकल, इस्केमिक वा मस्कुलोस्केलेटल रोगहरू जस्ता समस्याहरूको विस्तृत दायरा समावेश गरि अध्ययन गरिएको थियो । जसमा दुखाइ, गतिशीलता सीमितता, व्यापक असक्षमता र मनोवैज्ञानिक प्रभावको परिणाम हुन सक्छ भन्ने निष्कर्ष निकालेको छ भन्नुभयो । उहाँले त्यस्ता कारकहरूले सामान्य स्वास्थ्य र व्यापक अर्थतन्त्रलाई असर गर्ने व्यक्ति, घरपरिवार र समाजमा गहिरो प्रभाव पार्ने सम्भावना हुन्छ ।
नेपालमा यस्ता समस्याका बारेमा व्यक्तिगत, सामुदायिक र व्यापक सामाजिक प्रभावहरू के हुन् भन्ने बिषयमा थप अध्ययन गर्नु जरुरी रहेको पनि उहाँले औल्याउनुभयो ।

अनुसन्धानले निकालेका प्रमुख निष्कर्षहरूमा धेरैजसो उत्तरदाताहरूले आफ्नो तल्लो अंगको अवस्थाले आफ्नो कामलाई प्रभावित पारेका कारण झण्डै ६० प्रतिशतले कामनै गर्न नसकेको पाईएको पनि उहाँले बताउँनुभयो ।दोलखा, दाङ र स्याङ्जामा गरिएको अध्ययनमा समेटिएका करिब दुई तिहाई व्यक्तिहरूले उनीहरूको दैनिक गतिविधिहरूमा पूर्ण तथा आमसिक असर परेको बताएका छन् । १८ जना पूर्ण अशक्तलाई पनि समेटी उहाँहरुको स्वास्थ्य, शारिरीक, आर्थिक, सामाजिक इतिहासका बारेमा पनि अन्र्तवार्ताका माध्यमबाट अनुसन्धान गरिएको जानकारी गराउँनुभयो ।

सन् २०२१ जुलाईमा देखि झण्डै एक बर्ष लगाएर गरिएको यो अध्ययनले निकालेको निष्कर्षले थप छलफलका लागि बाटो खोल्नुका साथै समस्याको उजागर गरेको डा.पुरीले बताउँनुभयो । अध्ययनका क्रममा ९० प्रतिशत व्यक्तिले रोजगारी लगायतका भैतिक उपस्थितिमा गर्ने कामबाट बन्चित भएको जनाएका छन् । लगभग ६० प्रतिशतले भने आफ्नो कामै छोडेको र झण्डै आधाले आफ्नो काम परिवर्तन गरेको पनि बताएका छन् । यसले घरायसी आर्थिक र अर्थतन्त्रमा ठूलो प्रभाव पारेको निष्कर्ष निकालिएको छ ।

यस्ता ६० प्रतिशतलाई आधारभूत कार्यहरू गर्न कठिनाइ भएका कारण अरुको सहयोगको आवश्यकता भएको बताएका थिए । त्यस्तै २० प्रतिशत भन्दा बढी उत्तरदाताहरूले सरसफाइ र ड्रेसिङमा गम्भीर समस्याहरू भएको र २० प्रतिशतले आफ्नो खुट्टाको नङ निकै कष्टपूर्ण तरिकाले काट्न सक्थे । परिवारको सहयोग प्राप्त भएपनि समाज, छरछिमेकीको हेर्ने दुष्टिकोण र असहयोग व्यहोर्नुपरेको पिडितले बताएको उल्लेख गरिएको छ । डा.पुरीका अनुसार उत्तरदाताहरूको एक चौथाईले उनीहरूलाई समाजमा बोझ भएको महसुस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्