धुलिखेल नगरपालिका आर्थिक शुसासनमा उत्कृष्ट, बेलायती राजदूतद्वारा प्रशंशा



काभ्रे।

देशभरका स्थानीय तहहरुले लेखा प्रणाली व्यवस्थापनको लागि प्रयोग गरेको स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (शुत्र)को प्रयोगले स्थानीय सरकार संचालन तथा वित्तिय अनुशासनमा महत्वपूर्ण कार्य गरेकोमा धुलिखेल नगरपालिकालाई नेपालका लागि बेलायती राजदुत निकोला पोलितले धन्यवाद ब्यक्त गर्नु भएको छ ।

उक्त शुत्रको प्रयोग पछि चेक लेस गर्ने धुलिखेल नगरपालिका बागमती प्रदेशको पहिलो नगरपालिका बनेको छ । बेलायत सरकारको प्राविधिक सहयोगमा निर्माण भएको उक्त सफटवेयर देशभरका स्थानीय तहमा संचालनमा रहेको छ । पाँच वर्ष परियोजना समापनको पुर्व सन्ध्यामा त्यसको प्रगति तथा आगामी दिनमा उक्त क्षेत्रमा पु¥याउन सकिने सहयोगका लागि स्थानीय सरकारले प्रयोग गरिरहेको सफटवेयर अनुगमनका लागि राजदुत निकोला धुलिखेल नगरपालिका आउनु भएको हो । स्थानीय लेखा प्रणाली व्यवस्थापनमा पु¥याएको सहयोग, यसका समस्या एबं प्रणालीमा अझै थप गर्नु पर्ने थप क्षेत्रका विषयमा सोही अवसरमा छलफल भएको थियो ।

छलफलका क्रममा धुलिखेल नगरपालिकाले आर्थिक अनुशासन कायम गर्न गरेका प्रयास, दीगो विकासका लागि खेलेको भूमिका र अन्य विषयमा नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी गराउनु भएको थियो ।

धुलिखेल नगरपालिका दीगो विकास लक्ष्यका चारवटा मापदण्ड पूरा गर्ने दक्षीण एशियाको पहिलो शहर हो । वातावरण संरक्षण गरी शुन्य कार्वन उत्सर्जन गर्ने विश्वका १५ शहर मध्ये धुलिखेल पर्छ । साक्षर, बालमैत्री, खुल्ला दिशा मुक्त, स्वस्थ शहर, गुणस्तरी खानेपानी उपलब्ध भएको शहरका रुपमा धुलिखेललाई चिनिन्छ ।

राजदुत निकोलाले उक्त अवसरमा धुलिखेलमा भएका शुसासनका कार्यको प्रशसा गर्दै धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा उपप्रमुख निराजन जंगम, प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, लेखा अधिकृत धनबहादुर बस्नेत लगायतले सफटवेयरको प्रयोगले नगरपालिकामा भएको सहजता र नागरिकले प्राप्त गरेको सेवाका बारेमा जानकारी गराउनु भएको थियो ।

बजेट निर्माण र तर्जुमा, लेखा प्रणालीको ब्यवस्थितिकरण र प्रतिवेदन तयारका लागि उक्त सफ्टवेयर सहज भएको छ । अब आन्तरिक राजश्व संकलन र योजनाको समावेशता लागि तयारी भईरहेको छ । नेपाल सरकारले स्थानीय सरकार विनियोजन गर्ने वित्तिय हस्तान्तरणका सबै रकम उक्त शुत्र मार्पmत उपलब्ध हुँदै आएको छ ।

अर्थ मन्त्रालयले आम्दानी खर्च हेर्न मिल्ने गरी सफ्टवेयरको डिजाईन गरिएको छ । हरेक दिन हरेक पटकको खर्च र आम्दानी उतैबाट निकाल्न सक्ने गरी भएको कार्यले वित्तिय कानुनी सुशासन भएको प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्