चुरे संरक्षण दिवसको अवसरमा सेनाले गर्यो बृक्षारोपण

0
Shares

काभ्रे ।

नेपाली सेना कालीजंग गण धुलिखेलले आठौ चुरे दिवसको उपलक्ष्यमा चुरे क्षेत्रमा एक दिनमा एकलाख विरुवा कार्यक्रम अन्र्तगत जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका वडा नम्वर ६ र ८ मा ३ सय वटा विरुवा बृक्षारोपण गरिएको छ ।

महाभारत गाउँपालिका सदरमुकाम धुलिखेलबाट विकट मानिन्छ । सेनाको टोलीले महाभारत गाउँपालिकाको बनखु वडा नम्वर ६ मा रहेको ज्यामिरे सामुदायिक वनमा मसला ५० वटा, एभोकाडो १५ वटा, कपुर २०, उसित २० वटा बृक्षारोपण गरेको छ भने सोही गाउँपालिकाको वडा नम्वर ८ मा रहेको घर्तिछाप स्थित अमरावती सामुदायिक वनको ठुटे आँप ईलाकामा मसला १ सय वटा, एभोगाडो १० वटा, कपुर ३० वटा, उत्तिस ४० वटा र चाँप ५ वटा वृक्षारोपण गरेको छ ।

नेपाली सेनाले हरेक वर्ष विभिन्न अवसरमा बृक्षारोपण गरिरहेको कालीजंग गणका गणपति कर्णेल मिलन थापाले जानकारी दिनु भयो ।