उदीयमान खेलाडीको टेबलटेनिस प्रशिक्षण

0
Shares

काठमाडौं । 

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा उदीयमान खेलाडीलाई लक्षित गरी नेसनल होप्स विक एन्ड च्यालेन्ज नामक प्रशिक्षण शुक्रबारदेखि शुरु हुने भएको छ ।

अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) को वार्षिक कार्यक्रम अनुसार हुन लागेको प्रशिक्षणमा १७ खेलाडीको सहभागिता रहने आयोजक संघका प्रथम उपाध्यक्षसमेत रहेका कार्यक्रम संयोजक धर्ममान बज्राचार्यले जनाएका छन् । यु–१२ उमेरसमूहको प्रशिक्षणमा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, सुनसरी र रुपन्देहीका खेलाडी सहभागी हुनेछन् ।

प्रशिक्षण सञ्चालन गर्न आईटीटीएफ विज्ञ भारतकी ममता अशोक प्रभु बिहीबार नेपाल आइसकेको संघले जनाएको छ । असार १० गतेसम्म सञ्चालन हुने प्रशिक्षण लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।