नेपालको समावेशी विकासका लागि स्थानीय नीति निर्माणमा युवाको भूमिका

0
Shares

काठमाडौँ ।

नेपालमा युवा पुस्ताको चाहना विपरित राजनैतिक दलहरुको कार्यक्रम अघि बढीरहँदा परिणाम नै उल्ट्याउन सक्छन भन्ने टड्कारो नतिजा पछिल्लो स्थानिय निर्वाचनले पारेको छ ।

छवटा प्रदेशका २३ पालिकाहरुको युवा, मिडिया र नागरिक समाज संस्थाहरुले नेपालको समावेशी विकासका लागि स्थानीय नीति निर्माण र कार्यान्वयनमा युवाको भूमिका अपरिहार्य रहेको ठहर गरेका छन् ।

दायित्व नेपाल जनप्रशासन फेलोशिप २०२२ अन्तर्गत भएको भर्चुवल कार्यक्रममा सुदुरपश्चिम, कार्णाली, लुम्बिनी, बागमती, गण्डकी र प्रदेश नं. १ का स्थानीय युवा, मिडिया र नागरिक समाजका प्रतिनिधिहरु बिच स्थानीय युवाहरुको भूमिका र संलग्नतालाई कसरी संस्थागत गर्ने भन्ने विषयमा गहन छलफल भएको थियो ।

छलफलको क्रममा स्थानीय नीति निर्माण प्रक्रिया, सुशासन, युवा रोजगारी, उद्यमशीलता विकास, युवा नेतृत्व,जस्ता समयसापेक्ष मुद्दाहरु उठाइएका थिए । टेलिभिजन पत्रकार रुपा खड्काले सहजि करण गर्नुभएको उक्त कार्यक्रममा सहभागी युवा तथा नागरिक समाजका प्रतिनिधिहरुले मिडियाले युवा, स्थानीय उद्यमशीलता र अन्य संवेदनशील विषयहरुमा कम ध्यान दिएको गुनासो गर्दै स्थानीय तहमा मात्र नभएर राष्ट्रिय तहमै युवाहरुको प्रयास, सफलताका कथाहरुलाई समेट्न आग्रह गरे ।

उता मिडियाका प्रतिनिधिहरुले भने ग्रामीण नेपालमा मिडियालाई समाजले हेर्ने दृष्टिकोणनै धेरै फरक रहेको र सूचनाको स्रोतनै कम रहेकोले काम गर्न निकै असहज हुने गुनासो गरे । मिडिया माथि उठेका प्रश्नहरुलाई सम्बोधन गर्ने क्रममा उनीहरुले सरकारी लगायत अन्य संयन्त्रबाट सूचनाको प्रवाह उचित ढंगले भए सबै प्रभावकारी विषयको समाचार संप्रेशण हुने बताए ।

स्थानीय नीति निर्माण तथा कार्यान्वयनमा युवाको आवाजलाई संस्थागत गर्नको निम्ति युवा आफैंले प्रभावकारी पहलहरुलाई सम्बन्धित निकायसम्म पुर्याई बारम्बार घचघचाउनु पर्ने, नागरिक समाजले युवाहरुलाई सम्बन्धित निकायसम्म पुग्नलाई मदत गर्नुपर्ने र मिडियाले युवाहरुका ती पहलहरुलाई स्थानीय एवं राष्ट्रिय स्तरमै प्रवर्द्धन गर्नुपर्ने निचोड अन्तरक्रिया कार्यक्रमले निकालेको छ ।

दायित्व नेपाल जनप्रशासन फेलोशिप २०२२ अन्तर्गतका २३ जना फेलोहरुले छवटा प्रदेशका २३ वटा पालिकाहरुमा विगत चार महिना देखि पालिका अन्तर्गतर्गका जन–अधिकारीहरु र स्थानिय सरकारका निर्वाचित प्रतिनिधिहरुलाई स्थानीय नीति निर्माणको लागी अनुसन्धान गर्न र स्थानीय नीतिको कार्यान्वयनमा सहयोग गर्दै आएका छन् ।दायित्व फेलोहरुले आआफ्नो पालिकाको आवश्यकता अनुरुप पालिकाकै अधिकारीहरुसँग छलफल गरेर छानिएको विषयममा अनुसन्धान गरि रहेका छन् । साथै, उनीहरुले आफ्नो पालिकामा रहेका कुनैपनि एक समस्या समाधानका लागि आफ्नै व्यक्तिगत अभियान पनि सञ्चालन गरिरहेका छन् ।

फेलोशिप अवधि भर दायित्व फेलोहरुले विशेषज्ञहरुबाट विभिन्न किसिमका तालिम प्राप्त गरेका छन् । दायित्वका संस्थापक अध्यक्ष डा. पुकार मल्लबाट नेतृत्व विकास सम्बन्धि, नेपाल सरकारका पूर्वसचिव पूर्णचन्द्र भट्टराई र डा. प्रमोद के सीबाट जनप्रशासन सम्बन्धि र प्रजोल जोशीबाट सामाजिक अनुसन्धान सम्बन्धि तालिम पाएको जानकारी गराईयो ।

दायित्वले फेलोशिप मार्फत फेलोहरुको मात्र नभई सझेदार स्थानीय तहका अधिकारीहरुको पनि क्षमता विकास गर्ने लक्ष्य बोकेको छ । हालै, जेठ ३० गते मात्र २३ वटै नगरपालिका÷उपमहानगरपालिका÷गाउँपालिकाका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र अन्य अधि कारीहरुका लागि “शासन नवप्रवर्तनका लागि नेतृत्व” विषयक प्रशिक्षण प्रदान गरेको छ । यस एक दिने भर्चुवल प्रशिक्षणमा नेपाल सरकारका पूर्व सचिव श्री कृष्ण ज्ञावालीले“ सार्वजनिक नीतिका सिद्धान्त तथा प्रणालीहरु”, पूर्व अर्थ सचिव श्री रामेश्वर खनालले “स्थानीय बजेट निर्माण र परिचालन” र नेपाल लिडरशिप एकेडेमीको संस्थापक तथा प्रमुख प्रशिक्षक र दायित्वका संस्थापक अध्यक्ष डा. पुकार मल्लले “अनुकूलनीय नेतृत्वका सिद्धान्तहरु” र “नीति कार्यान्वयनमा नवप्रवर्तन” बारे प्रशिक्षण दिनुभएको थियो ।

त्रिवेणी गाउँपालिका रुकुमबाट अमरबहादुर महतारा, मोलुङ गाउँपालिका ओखलढुंगाबाट भलामान विश्वकर्मा, लिखु तामाकोशी गाउँपालिका रामेछापबाट बिफा तामाङ, विजयनगर गाउँपालिका कपिलवस्तुबाट विकास थापा, कृष्णपुर नगरपालिका कञ्चनपुरबाट विनिता महर, दशरथचन्द नगरपालिका बैतडीबाट एकता भण्डारी, कपुरकोट गाउँपालिका सल्यानबाट जयन्त नेपाल, सिद्धलेक गाउँपालिका धादिङबाट कृष्णप्रसाद पाठक, गोदावरी नगरपालिका ललितपुरबाट लसता महर्जन, लेकवेशी नगरपालिका सुर्खेतबाट लक्ष्मी कुमारी सापकोटा, बान्नीगढी जयगढ गाउँपालिका अछामबाट मनिषा साउद, बाह्रबि सेनगरपालिका सिन्धुपाल्चोकबाट निर्मल राउत, नारायण नगरपालिका दैलेखबाट संगिता राणा, गुल्मी दरबार गाउँपालिका गुल्मीबाट प्रकृतिल ढकाल, शहिद लखन गाउँपालिका गोरखाबाट राजेश श्रेष्ठ, लिखु गाउँपालिका नुवाकोटबाट रिता लामिछाने, रोशी गाउँपालिका काभ्रेबाट रोजन तामाङ, सन्धिखर्क नगरपालिका अर्घाखाँचीबाट सागर परियार, मनहरी गाउँपालिका मकवानपुरबाट सम्झना ब्लोन, सूर्यविनायक नगरपालिका भक्तपुरबाट श्रीकृष्ण थापा, के .आई.सिहं गाउँपालिका डोटीबाट शुसीला कुमारी शाही, शलै ङुगाउँपालिका दोलखाबाट सदीप मोक्तान र डुडुवा गाउँपालिका बाँकेबाट उदयराज जसै वाल दायि त्व नेपाल जन प्रशासन फे लो २०२२ हुन् ।

दायित्व नेपाल जन प्रशासन फेलोशिप २०२२ अमेरिकी अन्तराष्ट्रिय विकास नियोगको आर्थिक सहयोगमा एफएचआई ३६० मार्फत सञ्चालन भईरहेको नागरिक समाजः पारस्परिक जवाफदेहीता परियोजना अन्तर्गतको एक कार्यक्रर्यम हो । परियोजना अन्तर्गत २०२१ मा पाँचवटा प्रदेशका ११ वटा पालिकाहरुमा १५ जना फेलोहरुले काम गरेका थिए ।

दायित्वको बारेमा दायित्व एक गैरनाफामुखी, गैर सरकारी नेपाली संस्था हो जसले उद्यमशील नेपालको परिकल्पना गर्दछ जहाँ हरेक व्यक्तिसँग समृद्ध भविष्यको अवसर हुनेछ । सन् २०१३ देखि दायित्वले नेपाल सरकारको साझेदारीमा ३० देशबाट प्रशिक्षित १ सय ४१ नेपाली युवाहरुद्वारा ५१ सरकारी संस्थाहरु र २४ सांसदहरुसँग संघीय, प्रान्तीय र स्थानीय तहमा नीति अनुसन्धान सहियोग पुर्याएको छ । साथै, दायित्वले नेपालको तीनवटा प्रदेशका ८५ वटा वृद्धि मुखी ग्रामीण उद्यमहरु (४५ महिलाद्वारा सञ्चालित) लाई द्रुतीकरण गरेको छ । जसको कारण उद्यमीहरुलाई व्यापारमा नवप्रवर्तन ल्याउने, कम ब्याजदरमा ऋृण पाउने र रोजगारीका अवसरहरु सृजना भएको छ ।