निर्वाचित वडाअध्यक्षसहित ६ जनामाथि ज्यान मार्ने उद्योगमा जाहेरी



रौतहट ।

रौतहटमा निर्वाचित वडाअध्यक्ष सहित ६ जनामाथि ज्यान मार्ने उद्योग सम्बन्धी कसुरको मुद्दा दर्ता भएको छ । आफूसहित आफनो परिवारलाई ज्यान मार्ने प्रयास गरेको भन्दै गुजरा नगरपालिका–४ निवासी शेख ओसि अख्तरले ईलाका प्रहरी कार्यालय बिजयपुरमा सोही वडाको निर्वाचित वडाअध्यक्ष झम्क प्रसाद चौंलागाँइ सहित शेख जहुर आलम, शेख जफिर आलम, शेख मुजम्मिल, सेराज भन्ने मतिउर रहमान, मुस्तुफा भन्ने शेख उस्तफरमाथि जाहेरी दर्ता गराएका हुन् ।

जाहेरी दर्ता भएको लामो समय बितिसक्दा समेत पीडकहरु खुलेयाम हिडहुल गरिरहेको पीडितको गुनासो रहेको छ । स्थानीय तहको निर्वाचनमा विजयी भएपछि र्याली निकाल्ने क्रममा उनीहरुले एकै परिबार ७० बर्षीय शेख जियाउल हक, ४० बर्षिय शेष ओसि अख्तर १८ बर्षिय शेख जमसैद, ६५ वर्षीय इस्लामुन सेखिन र ३५ बर्षिय इस्लामुन सेखिनलाई धारीलो वाँसको फराठाले निर्घात कुटपिट गरेको आरोप रहेको छ ।

जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी उपरिक्षक विनोद घिमिरेले जाहेरी दर्ता भएकाले कानुनी प्रक्रिया थालिएको बताउनु भयो । जाहेरीमा पीडितले आफनो घरमा रहेको २ वटा मोटरसाईकलको दुईलाख, घरमा राखेको टेक्टर तोडफोड गरी ५ हजार, घरको टाली तोडफेड गरी २५ हजार गरी दुईलाख तीस हजार रुपियाँ बराबरको क्षेती पु-याएको जनाएको छ ।

पीडित शेख ओसि अख्तरले घरमा बसेको बेला आफूहरु माथि ज्यान मार्ने उद्योगले कुटपिट गर्नेहरु बजारमा खुलेयाम हिडडहुल गरिरहेकाले आफूहरुले अझै अशुरक्षित महशुस गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्